‘संघीयता ध्वस्त पार्न स्थानीय निकायको निर्वाचन हुँदै’

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ वैशाख ।
 नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले संघीयता ध्वस्त पार्ने रणनीतिका साथ स्थानीय निकायको निर्वाचन गराउन लागिएको बताएका छन् । उनले आफ्नो पार्टी स्थानीय निकायको निर्वाचन हुनुपर्छ भन्ने पक्षमा भएपनि तत्काल हुन लागेको निर्वाचन संघीयता विरोधी भएकाले आफूहरु निर्वाचनको पक्षमा नभएको बताए । क्रान्तिकारी पत्रकार महासंघ सुर्खेतले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गाविस, जिविसको क्षेत्राअधिकार कति हुने भन्ने संविधानमै उल्लेख हुने भएपनि संघीयतामा जानुअघि निर्वाचन गर्नुले शंका उब्जिएको बताए । उपाध्यक्ष गजुरेलले अहिलेको अवस्थामा वर्तमान सरकारले सर्वपक्षीय संविधान निर्माण गर्न नसक्ने दावी गर्दै यो संविधानसभा नै खारेज गर्न माग गरे । आफूहरुले पहिलेदेखि नै जनताको संविधानको लागि राष्ट्रिय एकताको सरकार निर्माण गरेर संविधान निर्माण गर्नुपर्ने माग राखेको भन्दै उनले यो सरकारले जारी गरेको संविधान जनताका लागि मान्य नहुने दावी गरे ।
    विदेशी दलालहरुको कारणले गर्दा देशको राष्ट्रियता खतरामा परेको भन्दै उनले राष्ट्रियताको रक्षा र जनसंविधान निर्माणका लागि सडक आन्दोलन थाल्ने बताए ।
 

No comments:

Post a Comment