एक करोडको लगानीमा पानी उद्योग स्थापना

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ११ वैशाख ।
    सुर्खेतमा एक करोड बढी लगानीमा पानी उद्योग खुलेको छ । उत्तरगंगा–१ मा मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्री नामबाट कृष्णप्रसाद आचार्यले उद्योग खोलेका हुन् । उक्त पानी उद्योगको विहीवार सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत र सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले उद्घाटन गरे ।
    उनीहरुले सुर्खेतमा पानी उद्योग स्थापनाले औद्योगिक सहर बन्दै गएको बताएका थिए । साथै उद्योगलाई पानी को गुणस्तरमा ध्यान दिन सुझाव दिएका छन् । उद्योगका अध्यक्ष आचार्यले १ करोड १० लाखको लगानीमा उद्योग स्थापना गरिएको जनाए । उनले अहिले पानी उत्पादन गर्ने र अर्को बर्ष जुसपनि उत्पादन गर्ने लक्ष्य रहेको बताए । उद्योगले प्रतिघन्टा १५ सय लिटर पानी उत्पादन गर्ने जनाइएको छ । सुर्खेत र दैलेखलाई मुख्य बजार मानेको सो उद्योग पूर्ण अटोमेटिक रहेको अध्यक्ष आचार्यले बताए ।
    बोतल आफ्नै निर्माण गर्ने, फिल्टर गर्ने भएको र पानीको गुणस्तर कायम राख्नलाई अन्तर्राष्ट्रिय स्तर ल्याव टेष्ट गरिएको अध्यक्ष आचार्यले बताए । उनका अनुसार उद्योगमा १२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।  

No comments:

Post a Comment