४ गाविसमा औलो उच्च

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ११ बैशाख ।
    सुर्खेतका ५० वटामध्ये ४ वटा गाविस औलोको उच्च जोखिममा रहेका छन् । छिन्चु, लेखगाउँ, उत्तरगंगा र हरिहरपुर औलोको उच्च जोखिममा रहेका हुन् ।
    जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका अनुसार नेपालका ५४ वटा गाविसहरु औलोको उच्च जोखिममा रहेको र त्यसमा सुर्खेतका माथि उल्लेखित ४ वटा गाविसपनि रहेका छन् । १६ गाविस मध्य जोखिममा र नगरपालिकासहित ३० गाविस कम जोखिममा रहेको बताइन्छ ।
    यस्तै चालु आर्थिक बर्षमा ७४ जनामा औलो पोजेटिभ भएको पाइएको पनि कार्यालयले जनाएको छ । नेपाललाई स्न २०२६ सम्म औलो मुक्त बनाउने र सन् २०१८ सम्म औलोका विरामी ९० प्रतिशतमा झार्ने लक्ष्य रहेको कार्यालयका उदय बिसीले जनाए । सुर्खेत मप क्षेत्रमै औलो बढी प्रभावित हुनेमध्यमा पर्ने जनाइएको
छ । हिमालभन्दा तराई र नदी किनारका बस्तीहरुमा औलोको जोखिम बढी रहने गर्दछन् । औलो रोगबाट बचाउन झुल वितरण गरिएको छ । ४९ हजार ६ सय ३२ वटा झुल वितरण गर्नुपर्नेमा अहिलेसम्म ४८ हजार ८ सय ३२ झुल वितरण गरिएको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टंक चापागाईंले सुत्दा सकेसम्म झुल प्रयोग गरेमा औलो रोगबाट बच्न सकिने जनाए । उनले औलो रोगबाट बचाउन संचारमाध्यमहरुले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकोले सो भूमिका खेलिदिन आग्रह गरेका थिए ।
 

No comments:

Post a Comment