वनकै अध्यक्ष काठ काट्दै गर्दा पक्राउ

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ११ बैशाख ।
    इजाजत विना सल्ला जातको रुख काट्दै गर्दा आदर्श महिला सामुदायिक वन छिन्चुका अध्यक्ष वालकृष्ण सुनारलाई पक्राउ गरिएको छ । छिन्चु इलाका वन कार्यालयका सहायक वन अधिकृत लालबहादुर चौधरीको कमान्डमा गएको गस्ती टोलीले बुधवार साँझ ७ बजेतिर अध्यक्ष सुनारलाई पक्राउ गरेको हो ।
    छिन्चु–८ मदानी चौर बस्ने अध्यक्ष सुनारले आफ्नो घर बनाउन सल्ला को एउटा रुख आफ्नै सामुदायिक वन भित्रको कटान गरी चिरान गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनको घरवाट चिरान काठ ४३ थानको ३८.७५ क्यू.फिट बरामद गरिएको छ । बरामद काठको बजार मूल्य झण्डै २३ हजार रहेको बन कार्यालयले जनाएको छ । 
 

No comments:

Post a Comment