करोडौं मूल्य पर्ने पत्थरको जथाभावी निकासी

सुर्खेतपत्र संवाददाता 
जाजरकोट, १० बैशाख ।
    जाजरकोटका दर्जन बढी गाउँ विकास समितिमा रहेका खानीबाट बर्षेनी करोडौंको पत्थर जथाभावी रुपमा उत्खनन्, खोजतलास र निकारी पैठारी भइरहेको छ । पत्थर को कारोवार गर्ने ब्यापारी केही बर्षमै करोडपति भैसकेका छन् तर राजश्वमा योगदान भने शुन्य रहेको छ । सम्वद्ध निकाय यसबारे बेखवर जस्तै देखिएका छन् ।
    पहुँचवाला ब्यापारीले मात्र मूल्यवान खनिजबाट लाभ लिइरहेका छन् । सरकारी तथ्यांक नभएपनि बर्षेनी करोडौं मूल्यको काइनाट, टुर्मालिन, क्वार्ज, क्रिष्टल, रुवी, निलम, अभ्रख, खरी, चुनढुंगालगायतका मूल्यवान खनिज ब्यापारीले स्वदेश तथा विदेशमा निर्यात गर्दै आएका छन् । तर सवै कारोवार अवैधानिक रहेको छ । ब्यापारीले जथाभावी रुपमा खानी उत्खनन् गरेर पत्थर निकासी गर्ने गरेका छन् । फितलो कानुन र सरकारी निकायको उदासिनताका कारण यसबाट राज्यले कुनै लाभ लिन पाएको छैन् ।
    जिल्लाका टालेगाउँ, पजारु, अर्छानी, गर्खाकोट, पैक, मजकोट, दह लगायतका गाविसमा रहेका खानी बाट कर नतिरेर बर्षेनी पत्थर निकाल्ने काम भैरहेको जिल्ला विकास समिति जाजरकोटले जनाएको छ ।
    कार्यालयका अनुसार बर्षेनी १ सय ५० क्वीन्टल भन्दा बढी पत्थर निकासी हुने गरेको छ । यसको राजश्व मात्र १ करोड बढी हुन्छ तर अहिलेसम्म कसैले कर तिरेको छैन । ‘करको दायरामा ल्याउने प्रयास गरिएको हो ठेकेदारलाई सचेत पनि गराइयो फितलो कानुनका कारण कसैले टेर्दैनन,’ स्थानीय विकास अधिकारी चक्रबहादुर बुढाले बताए । जिल्ला परिषद्बाट पटक–पटक मूल्यवान पत्थर उत्खनन् कार्य ब्यवस्थित गरी राजश्व संकलनमा जोड दिने र पत्थर प्रशोधन केन्द्र स्थापना गर्ने निर्णय भएका छन् । तर खानी विभागबाट सिधै उत्खनन्, खोजतलास र निकासीको अनुमति ल्याउने र जिल्लामा कुनै सरोकार नै नराखी ब्यापारीले आफू खुशी खानी उत्खनन् गर्ने गर्दा पनि करको दायरामा ल्याउन समस्या परेको स्थानीय विकास अधिकारी बुढाको भनाइ छ ।  टालेगाउँ–८ सौरेनीमा रहेको खानीबाट मात्र बर्षेनी ५० क्वीन्टलका दरले पत्थर निकासी हुन्छ । प्रतिकिलो १५ देखि ८० हजारसम्म मूल्य पर्ने काइनाइट पत्थर खानीमै मजदुरले १ हजार ५ सय रुपैयाँसम्ममा विक्री गर्ने गर्दछन् 
 

No comments:

Post a Comment