राउटेले गरे फोटो ग्यालरीको उद्घाटन

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १० वैशाख ।
    समृद्ध मध्यपश्चिम फोटो ग्यालरी तथा राउटे समुदायवाट उत्पादित सामग्रीहरुको विक्री केन्द्र स्थापना गरिएको छ । बुधवार राउटे समुदायका सल्लाहकार ऐनबहादुर शाहीले फोटो ग्यालरी तथा विक्री केन्द्रको उद्घाटन गरे । आफूहरुले उत्पादन गरेको कोशी, पन्यु, मधुसलगायतका काठका सामग्रीहरु र मध्यपश्चिम क्षेत्रका महत्वपूर्ण स्थानहरुको फोटो उक्त ग्यालरीमा राखिएकोमा राउटे सल्लाहकार मख्ख परेका थिए  ।
    मनघरी फाउण्डेशन र समृद्ध मध्यपश्चिमले आयोजना गरेको कार्यक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय वन कार्यालयका निर्देशक अशोक ढुंगानाले मप क्षेत्रको विकास र प्रचार हुन नसकेका पर्यटकीय स्थलहरुको प्रचारका लागि फोटो ग्यालरीले सहयोग गर्ने बताए । कार्यक्रममा जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरासिया, जिल्ला ट्राफिक इन्चार्ज जीवन वुढाथोकी, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, मनघरी फाउण्डेशनका अध्यक्ष भरतवन्धु ढकाल, समृद्ध मध्यपश्चिम का संयोजक नगेन्द्र उपाध्याय लगायतको उपस्थिति थियो । 
 

No comments:

Post a Comment