देशको विकासमा सक्रिय: थानी

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ बैशाख ।
    संविधानसभा सदस्य हृदयराम थानीले कांग्रेस नेतृत्वको सरकारले जनतालाई १ वर्षभित्रै संविधान र विकासपनि संगसंगै दिन प्रतिवद्ध जनाएका छन् ।  नेपाली कांग्रेसले मटेलामा गरेको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाटमा सभासद थानीले देशको निकास र विकासमा आफूपनि सक्रिय भएर लागेको बताए । चुनावका बेला जनता सामू गरेका वाचा कबुल अनुसार नै आफूले जिम्मेवारी पूरा गर्ने सभासद थानीको भनाइ छ ।
    नेपाली कांग्रेस गाउँ कार्यसमिति मटेलाका सभापति डोरप्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रीय सभापति कमलराज रेग्मी, जिल्ला समिति सदस्य देवबहादुर चन्द, शिक्षक संघका सदस्य खेमराज शर्मालगायतले शुभकामना दिएका थिए ।
 

No comments:

Post a Comment