जापानी महिलाहरु राम्री बन्नका लागि कति नराम्रो बन्न सक्छन् ? यसको उत्तर तपाईंले माथिको तस्बिरमा पाउनुहुनेछ । राम्री बन्नका लागि जापानी महिलाहरुले अपनाउने यी अनौठा तरिकाको बारेमा यहाँ बताइएको छ । एक जापानी कम्पनीले बुढ्यौलीको संकेतबाट मुक्ति पाउनका लागि अनौठा माउथपिसहरुको बिक्री वितरण गर्ने गरेको छ ।
जापान ट्रेन्ड शप नामक जापानी वेभसाइटले उक्त सामग्रीको बिक्री गरेको छ जसले गालाको छालालाई तन्काइ चाउरीपन हटाउन मद्दत गर्ने बताइएको छ । प्रयोगकर्ताहरुलाई यो माउथपिस लगाएर दैनिक तीन मिनेट मुखलाई चलाउने सल्लाह दिइएको छ । सबैभन्दा राम्रो नतिजाको लागि ठूलो ठूलो स्वरले अंग्रेजीको भवेल साउन्ड निकाल्नुपर्ने उल्लेख गरिएको छ । यसका साथै नाकलाई सिधा पार्ने एउटा मास्क पनि यो सामग्रीसंगै दिइएको छ । यो वेभसाइटले अचम्म र अद्भुत खालको सौन्दर्य सामग्रीको बिक्री बितरण गर्दै आएको छ जसले बुढ्यौलीको संकेतलाई टाढा राखेर महिलालाई जवान बनाइराख्न मद्दत गर्दछ । (एजेन्सीबाट)

No comments:
Post a Comment