डिप्रेसनको कारण असक्षमता र रोग

    विमार र असक्षमता किशोर किशोरीहरुमा डिप्रेसनको प्रमुख कारण रहेको एक अनुसन्धानले जनाएको छ । विश्व स्वास्थ्य संगठनले गरेको सो अनुसन्धानबाट विरामी पर्ने र कुनैपनि काम गर्न नसक्ने अवस्थाका कारण किशोर किशोरीहरु डिप्रेसन हुने गरेको पाइएको छ ।
    विश्व स्वास्थ्य संगठनले विश्वका किशोर किशोरीहरुमा गरेको अनुसन्धानबाट सो परिणाम निस्किएको समाचारमा जनाइएको छ । साथै सो अवस्थाको अनुसन्धानका क्रममा विश्वका अधिकांश देशहरुले किशोर किशोरीहरु को स्वास्थ्यमा निकै कममात्र लगानी गर्ने गरेको पाइएको पाइएको छ ।
    विश्व स्वास्थ्य संगठनको परिवार, महिला तथा बालबालिका विभागका प्रमुख र्लाभिया बुस्त्रोले भनेका छन्, विश्वका अधिकांश देशहरुले बालबालिकाको स्वास्थ्यमा निकै कम लगानी गर्ने गरेका छन् । जसका कारण पनि किशोर अवस्थामा उसमा विभिन्न रोगहरुको संक्रमण देखिन थाल्ने पनि उनले जानकारी दिए । अनुसन्धानका क्रममा १४ वर्ष उमेरका बालबालिकामा डिप्रेसनको पहिलो लक्षण देखिने र त्यस समयमा विशेषगरी मानसिक सन्तुलन गुमेको जस्तो अवस्था देखापर्ने गर्दछ ।
    त्यति नै बेलामा उनीहरुलाई आवश्यक मात्रामा औषधि उपचार गर्न सकिएमा त्यस्तो बालबालिकालाई उसको जीवनभर डिप्रेसनको कुनैपनि समर्या नदेखिने पनि सो अध्ययनमा देखिएको छ ।
    उक्त अनुसन्धानले किशोर किशोरीको लागू औषधको सेवन, रक्सीको सेवन, धुम्रपान जस्तो लतहरुको बारेमा पनि खोजी गरेको छ । ट्राफिक दुर्घटना यस्तै अर्काे कारण हो किशोर किशोरीहरुका लागि । उनीहरुमा डिप्रेसन भएपछि ट्राफिक दुर्घटना हुने गरेको पाइएको छ ।
    त्यसैले यो उमेरमा उनीहरुलाई आफै सवारी संचालन गर्न नदिइ सार्वजनिक यातायातमा यात्रा गर्न लगाउनु राम्रो हुने पनि सो अनुसन्धानले सिफारिस गरेको छ ।
 

No comments:

Post a Comment