बार्षिकोत्सवमा बृद्धाश्रमलाई सहयोग

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ जेठ ।
    काँक्रेविहार विकास बैंक लि. सुर्खेतले आफ्नो छैठौं वर्ष प्रवेशको अवसरमा प्रशान्ति बृद्धाश्रमलाई सहयोग गरेको छ । विहीवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बैंकले वृद्धाश्रमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ अक्षय कोषका लागि सहयोग गरेको हो ।
    सोही अवसरमा बैंकले २ वर्षदेखि निरन्तर कर्जा कारोवार गर्ने ६ जना असल कर्जा ग्राहकलाई पनि सम्मान गरिएको छ । बैंकका अध्यक्ष छविलाल रानाको अध्यक्षतामा भएको शुभकामना आदनप्रदान कार्यक्रममा बंैकका प्रबन्धक जगतवहादुर थापा, प्रशान्ति वृद्धाश्रमका अध्यक्ष वालकृष्ण श्रेष्ठ, विभिन्न बंैकहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
    सहभागीहरुले बैंक स्थापनाको छोटो समयमा उल्लेख्यीय काम गरेकोमा सह्राना व्यक्त गर्दै शुभकामना दिएका थिए । 
 

No comments:

Post a Comment