सुर्खेतपत्र संवाददाता
सुर्खेत २ जेठ ।
राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त एवं इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले मुलुकमा कस्तो संघीयता निर्माण गर्ने भन्नेबारेमा संविधान निर्माताहरु नै अनभिज्ञ रहेको बताएका छन् । लोकतान्त्रिक स्वतन्त्रता तथा मानवअधिकार संस्था (डिफ्री) ले विहीवार वीरेन्द्रनगरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा आयुक्त प्याकुरेलले सो कुरा बताएका हुन् । उनले संविधान निर्माता मात्र नभइ संविधानविज्ञहरुले समेत नेपालमा कस्तो संघीयताको आवश्यक हुन्छ भन्ने बारेमा उपयुक्त खाका दिन समेत नसकेको बताए । कार्यक्रममा वरिष्ठ पत्रकार एवं अधिकारकर्मी कुन्दन अर्यालले सशस्त्र द्वन्द्वका पीडितहरुले स्वेच्छाले माफी दिएको अवस्थामा बाहेक कुनैपनि हालतमा पीडकलाई आममाफी दिन नसकिने बताए ।

No comments:
Post a Comment