नगरपालिकामा गाभ्ने निर्णयको स्वागत

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ जेठ ।
    शान्ति टोल विकास समिति लाटिकोइली–८ मंगलगढीले लाटिकोइली र उत्तरगंगा गाविसलाई वीरेन्द्रनगर नगरपालिकामा गाभ्ने सरकारको निर्णयको स्वागत गरेको छ । समितिले शुक्रवार बसेको बैठकले स्वागत गर्ने निर्णय गरेको हो ।
    बैठकले यी क्षेत्रमा पर्ने खेतीयोग्य जमीनलाई कृषि आधार क्षेत्रको रुपमा विकास गर्न र पर्यटकीय स्थलहरुको स्तरोन्नति तथा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका थिए । समितिका सल्लाहकार टेकबहादुर खड्काले हालसम्म भए गरेका गतिविधिहरु समेटेर पुस्तक प्रकाशन गर्न लागिएको जानकारी दिए । सुर्खेत उद्योग बाणिज्य संघका उपाध्यक्ष जगतबहादुर खड्काले यसै क्षेत्रमा संघको पहलमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्न लागिएको बताए ।
    समितिका अध्यक्ष यामराज मल्लको सभापतित्वमा बसेको बैठकले सवै मिलेर सडक, नाली, शिक्षा, स्वास्थ्य र पर्यटकीय स्थलहरुको भौतिक पूर्वाधारहरुको विकास गर्दै जानुपर्ने धारणा राखेका थिएभने नगरपालिकामा गाभ्ने निर्णय गर्ने सरकारलाई धन्यवादसमेत दिएका थिए । सरकारले केही दिन अघि वीरेन्द्रनगर नगरपालिकामा लाटिकोइली र उत्तरगंगा गाविसलाई गाभेर २० वटा वडामा विस्तार गर्ने निर्णय गरेको थियो । 
 

No comments:

Post a Comment