मोवाइलको दुरुपयोगले झण्डै विगार्‍यो घरवार

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ जेठ ।
    छिटो र छरितो रुपमा सूचना आदान प्रदानको साधन मानिएको मोबाइलको दुरुपयोगले झण्डै एक दम्पत्तिको घरवार नै विगारेको थियो । रामघाट वडा नं. ६ का रोहित चन्दको मोबाइलमा उनको श्रीमतीलाई गाली गर्दै अपच शब्दसहितको फोन आएपछि चन्दले आफ्नी श्रीमतीलाई घरवाटै निकाली दिएका थिए ।
    विगतको सम्बन्ध जोडी सुन्नै नसकिने अपच शव्दसहित लेखफर्सा–६ का रोशन पौडेलले रोहितको मोबाइलमा फोन गरी गाली गर्न सुरु गरेपछि चन्दले आफ्नी श्रीमतीमाथि शंका गरी घरनिकाला गरिदिएका
थिए । पछि  जिल्ला प्रहरी कार्यालयमा दुवैको नम्बर दिइ उजुरी गरेपछि प्रहरीले कलडिटेल मगाएर सबै तथ्य बाहिर निकालेको थियो ।
    जिल्ला प्रहरी कार्यालयले मोबाइल को गलत प्रयोगले गर्दा एक महिला पीडामा परेको र घरवारै विग्रिएपछि गम्भीर अनुसन्धान थाली दोषी पत्ता लगाएको बताए । कल डिटेलकै आधारमा धेरै व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गरेपनि अन्तिममा रोशन पौडेललाई पक्राउ गर्न सफल भएको सुर्खेतका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले जनाए ।
    उनले कल डिटेलकै आधारमा दोषी पक्राउ गरी सबै तथ्य निकालेपछि पौडेललाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर अनुसन्धान थालिएको बताए । मोबाइलको गलत प्रयोगले झण्डै घरवार विग्रिएको चन्दको दम्पतीलाई मिलाएर घर पठाएको पनि उनले बताए । पछिल्लो समय मोबाइल को गलत प्रयोगका धेरै उजुरीहरु जिल्ला प्रहरी कार्यालयमा आउने गरेकोले  यदि आफ्नो मोबाइल हराएको भए तत्काल टेलिकमबाट वन्द गर्न गर्न आग्रह गरे ।
    यसैगरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न स्थानमा पेस्तोल र भरुवा वन्दुकसहित ३ जनालाई पक्राउ  गरेको छ । प्रहरीले वीरेन्द्रनगर–१ बांगेसिमलबाट दिपेन्द्र भन्ने दिपक बुढालाई इटालियन पेस्तोलसहित पक्राउ गरेको छ । साथबाट २ थान म्यागजिन र ५ राउन्ड गोली पनि गत वैशाख २५ गते पक्राउ गरिएको छ । उनको वारेमा थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जनाए ।
    त्यसैगरी रानीवास–३ वस्ने गुमानबहादुर खड्कालाई पनि भरुवा वन्दुकसहित वैशाख २६ गते पक्राउ गरेको छ । यति मात्र हैन गढी–६ का ललित घर्तीलाई जगंलमा हिंडिरहेको अवस्थामा यही वैशाख ३१ गते भरुवा वन्दुकसहित पक्राउ गरेको थिए । पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा चलाएर अनुसन्धान थालिएको प्रहरी प्रवक्ता लक्ष्मण शाहीले जानकारी दिएका
छन् ।  

No comments:

Post a Comment