माधुरी दीक्षितबारे १० रोचक जानकारी


    भारतीय सिने उद्योगकी सुन्दरी नायिका माधुरी दीक्षित ४७ बर्ष पुगेकी छन् । १५ मे, १९६७ मा महाराष्ट्रमा जन्मिएकी उनले ‘अबोध’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । कुशल नृत्या·ना माधुरीलाई आज पनि लाखौं करोडौं युवतीले नृत्यमा आदर्श मान्छन् । आउनुहोस् आज हामी उनका केही गोप्य सूचनाहरु जानकारी दिंदैछौं ।
१. माधुरीलाई सलमान खानको अपोजिटमा ‘हम अपके हे कौन’ का लागि २ करोड ७५ लाख भारतीय रुपैयाँ पारिश्रमिक दिइएको थियो । यो रकम त्यो बेलाको महंगो हो ।
२. माधुरी बलिउडकी एकमात्र यस्ती नायिका हुन जो उत्कृष्ट अभिनेतृका लागि १३ पटकसम्म फिल्म फेयर अवार्डमा मनोनयन भएकी थिइन् ।
३. सुरुमा माधुरीलाई फिल्म लाइनमा जाने कुनै इच्छा थिएन् । उनले माइक्रोबायोलोजीमा डिग्री लिएकी थिइन् र माइक्रोबायोलोजिष्ट वा प्याथोलोजिष्ट बन्न चाहन्थिन् ।
४. माधुरीको सुन्दरताबाट फिदा हुने हजारौं थिए । त्यसमा पनि भारतका चर्चित पेन्टर एमएफ हुसेन यस्ता फ्यान थिए जसले ‘हम अपके हे कौन’ फिल्म हलमै पुगेर ६७ पटक हेरेका थिए । आजा नाचले फिल्म हेर्न उनले पुरै फिल्म हल बुक गरेका थिए ।
५. माधुरीले सन् २०११ मा पूर्व को–स्टार अनिल कपुरले बनाउन लागेको फ्रिकी फ्राइडे फिल्मको लिड रोल अस्वीकार गरेकी थिइन् ।
६. कहे छोड मोहे गीतमा नृत्य गर्दा माधुरीले ३० किलो तौलको सारी लगाएकी थिइन् । यसैका कारण उनलाई नाच्न केही अप्ठेरो भएपनि उनले काम छाडिनन् ।
७. माधुरी कत्थक नृत्यमा निकै पारङगत छिन् ।
उनले ८ बर्षसम्म नृत्य सिकेकी थिइन् ।
८. माधुरी उनको समयकी एकमात्र यस्ती नायिका हुन् जसलाई कत्थक गुरु पण्डित बृजु महाराजको कोरिया ग्राफीमा देवदास फिल्ममा नृत्य गर्ने अबसर पाएकी थिइन् ।
९. माधुरीप्रति फ्यानको यति जबर्जस्त क्रेज छ कि, उनको जन्म मिति अर्थात मे १५ बाट सुरु हुने
गरि भारतको जमदेशपुरका एक फ्यानले क्यालेन्डर बनाएका छन् । उनले माधुरीको जन्म दिनमा राष्ट्रिय बिदा दिन सरकारसित माग पनि गरेका छन् ।
१०. माधुरी दीक्षितका दुई रुपा र भारती नामका दुई दिदी र अजित नामका एक भाइ छन् ।
 

No comments:

Post a Comment