बिहे प्रस्ताव राख्दै हमालले यसरी सार्वजनिक गरे प्रेमिका

    राजेश हमालले पहिलो पटक प्रेमिका सार्वजनिक गर्ने कायक्र्ररम भएकाले पनि शंकर होटलको माहोल केही तातिएको थियो । हमालले प्रेमिकालाई कसरी सार्वजनिक गर्छन्, आखिर उनको विशेष कार्यक्रम कस्तो रहला भन्ने कौतुहलता सबैमा हुनु स्वभाविक नै हो । करिब आधा घण्टा  कुराएपछि बल्ल पत्रकारहरुलाई हमाल भएको कोठामा प्रवेश दिइयो । नायक राजेश हमालकी प्रेमिकाको तस्बीर सार्वजनिक भएपनि पहिलो पटक मिडियाले उनको आधिकारीक तस्बीर खिच्ने अवसर पाएको थियो ।
    शंकर होटलको एक कोठामा पत्रकारलाई प्रवेश दिएलगतै, माहोल निक्कै आकर्षक देखियो । बीचमा राखिएको हमालको आमावुवाको तस्बीर, फूलैफुलको सौन्दर्यता, वाइन पिउँदै गरेका हमाल दम्पत्ती सँच्चिकै माहोल आकर्षक थियो । वुझ्दै जाँदा थाहा भयो नायक राजेश हमालले नै यो माहोलको डिजाइन गरेका रहेछन् । मधु मौन थिइन्, हमाल केही लजालु देखिए । हमालले मधुलाई आफ्नी आमाले दिएको नेकलेस लगाइदिए । हातमा पनि आमाले बुहारीका लागि दिएको उपहार हमालले मधुलाई लगाइदिए । साँच्चै माहोल भावुक पनि बन्यो ।
    हमालले मधुलाई नेकलेस पहिराउँदै गर्दा गायक राजेशपायल राइले ‘द युगदेखि युगसम्म’ सिनेमाको ‘न कुनै बन्धन’ बोलको गीत गाए ।  सांगीतक माहोलमा हमालले मधुलाई भिन्न तबरले बिबाह प्रस्ताव राखेका थिए । राजेशले मधुसंग बिहे गर्ने मिति तय नभैसकेको जानकारी दिए । करिब ९ बर्षअघि हमाल र मधुको भेट भएको रहेछ । हायात होटलमा एक कार्यक्रमको सिलसिलामा मधु र हमालको भेट भएको थियो । हमालले मधुलाई आफ्नो भिजिटिङ कार्ड दिए । मधुले पनि केही दिनमै हमाललाई फोन गरिन् । यसपश्चात सुरु भएको थियो, दुई जनाको प्रेम यात्रा ।
    कार्यक्रममा मधुले भने केही पनि बोलिनन् । हमालले पनि मधुसाग भेट भएको दिन आफूहरुका लागि शुभ भएको बताए । मे २८ मा हमाल र मधुको भेट भएको रहेछ । यसैले उनीहरुले यो दिनमा रिसेप्सन राखेका
हुन् । ‘बिहे जेठ ९ या १० गते हुनसक्छ’ हमालले केही खुलाउँदै भने । बिहेमा आफ्ना रगतका नाता भएकाहरुलाई मात्र बोलाउने योजना राजेशको छ । मधु थोरै लजाइन् । पत्रकारले प्रेमलाई उमेरको अन्तरले पनि नछेक्ने रहेछ हैन भनेर सोधेको प्रश्नमा हमालले भने, ‘राजेश हमाल पनि कहिले बुढो हुन्छ र ?’ आजबाट बल्ल आफूले मधुको बारेमा बोल्ने अधिकार पाएको हमालको भनाइ थियो ।
    हमालको बोल्ने अधिकार छ हैन भन्ने प्रश्नमा मधुले टाउको हल्लाउँदै स्विकृती दिइन् । मे २८ मा रिसेप्सन दिएलगतै हमाल १५ दिनका लागि मधुलाई छोडेर अष्ट्रेलिया जाँदैछन् । ‘हनिमुन यसपश्चात मात्र,’ राजेशले
भने । हमालले आजको दिनमा आर्ना मातापितालाई सबैभन्दा धेरै मिस गरेको बताए । यो भनिरहँदा उनी केही भावुक बनेका थिए । राजेशले मधुलाई औपचारिक रुपमा प्रेम प्रस्ताव राखेका हुन् । हमालको प्रस्तावलाई मधुले टाउको मात्र हल्लाएर स्विकृती दिइन् । नेपाली सिनेमाका सुपरस्टार नायक राजेश हमालले प्रेममा परेको करिब ९ बर्षपछि पहिलो पटक प्रेमिका सार्वजनिक गरेका हुन् । यो क्षण साँच्चिकै उनी र उनका फ्यानहरुका लागि सुखद छ । (अनलाइन खबरबाट)
 

1 comment:

  1. Casino Near Me | Mapyro
    Find Casinos Near You 포천 출장샵 in New York County. Explore 수원 출장마사지 mapyro to 양산 출장샵 find casinos, motels, and other lodging near you. Find the 인천광역 출장마사지 best casinos in New 원주 출장샵 York County and more

    ReplyDelete