२ दिने तालिम

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ जेठ ।
    लाटिकोइली–३ मनिकापुरका किसानहरुका लागि २ दिने तरकारी खेती सम्बन्धी तालिम सुरु भएको
छ । युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोगमा शुक्रबारदेखि जनसेवा संघ सुर्खेतले मनिकापुरका किसानहरुलाई तालिम दिएको हो ।  स्थानीय काँक्रेविहार महिला समूहका ३० जना महिलाहरु सहभागी भएको तालिममा बैमोसमी तरकारी खेतीबारे प्रशिक्षकहरुले तालिम दिने आयोजक जनसेवा संघले जनाएको छ ।
    तालिममा जिल्ला कृषि विकास कार्यालय सुर्खेतका सहायक प्राविधिक यादव केसीले प्रशिक्षण दिएका
छन् । साथै तालिमको सहजीकरण जनसेवा संघका अध्यक्ष हरिप्रसाद शर्मा र जिल्ला खेलकुद विकास समिति सुर्खेतका सदस्य अमर चन्दले गरेका छन् । तालिम आज (शनिबार) सकिने बताइएको छ ।

No comments:

Post a Comment