सुर्खेतमा पहिलो महिला जिशिअ

सुर्खेतपत्र संवाददाता 
  सुर्खेत, २८ भदौ ।
सुर्खेतकी दीपा हमाल पहिलो महिला जिल्ला शिक्षा अधिकारी भएकी
छन् । विगत ४ वर्षदेखि जिल्ला शिक्षा कार्यालय सुर्खेतमा सहायक जिशिअ भएर काम गरेकी उनी यही भदौ २६ गतेको निर्णय अनुसार सुर्खेतकै जिशिअ पदमा वढुवा भएकी हुन् ।
२६ गते जिल्ला शिक्षा अधिकारीमा वढुवा हुनेहरुको निर्णय हुनु पूर्व नेपालमै एक जनापनि महिला जिशिअ
थिएनन् । सुर्खेतकै स्थानीय हमाल पहिलो जिशिअ हुनुलाई गौरवको रुपमा लिइएको छ । सुर्खेतमा कार्यरत जिशिअ रामप्रसाद उपाध्यायको सरुवाको निर्णय अझै नभएकाले केही समय जिम्मेवारी उपाध्यायले नै लिने
छन् । यसअघि कालिकोटको जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी सम्हालेकी हमालले आफू सुर्खेतमा जिशिअ हुन पाउँदा गर्व र जिम्मेवारी बोध बढेको प्रतिक्रिया दिइन् ।  प्रक्रिया मिलाउनका लागि केही समय लाग्ने भएकाले एक हप्ता सम्ममा जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी लिने उनले बताइन् ।
नेपालमै महिला जिशिअ नभएको अवस्थामा मोफसलवाट आफू जिशिअ भएको उनको भनाइ छ । सुर्खेतको शिक्षामा विकास गर्न र शैक्षिक उपलब्धी वढाउनका लागि विभिन्न नयाँ योजनाहरु वनाएर काम गर्ने हमालले जनाइन् । उनले विशेषगरी सामुदायिक विद्यालयहरुको स्तर बढाउने योजना गरेकी छन् ।                

No comments:

Post a Comment