संविधान बनाउन सवै दलले ‘कम्प्रोमाइज’ गर्नैपर्छः भुसाल

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १८ पुस ।
    नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले माघ ८ गतेभित्र जनताको हातमा संविधान दिन दलहरुले ‘कम्प्रोमाइज’ गर्नैपर्ने बताए का छन् । उनले यदि कम्प्रोमाइज नगरेर आ–आफ्नै अडानमा बसिरहे संविधान बन्न नसक्ने भएकोले कांग्रेस, एमाले र एमाओवादीले कम्प्रोमाइज गर्नैपर्ने जनाए ।
    शुक्रवार सुर्खेतमा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले कुनैपनि दलले एक्लै चाहेर संविधान बन्न नसक्ने बताए । समयमै संविधान बनाउन सत्ताका लागि जेपनि गर्ने कांग्रेससंग एमालेले गठवन्धन गरेको बताउ“दै उनले अहिले एमाओवादी र उसको मोर्चाका कारण संविधान जारी नहुने हो कि भन्ने आशंका पैदा भएको उल्लेख गरे । मोर्चाका नाममा एमाओवादीले रमिता गर्न लागेको आरोप उनको छ ।
    माघ ८ गतेभित्रै जनताको हातमा जे जसरी गरेर भएपनि संविधान दिनैपर्ने अडानमा एमाले रहेको उनले बताए । उनले भने, ‘सहमति या प्रक्रिया जे गरेर भएपनि माघ ८ गतेभित्रै जनताको हातमा संविधान दिनुपर्ने पक्षमा एमाले छ ।’ संविधानका लागि धेरै कुरामा सहमति भइसकेको र संघीयता, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा मात्रै केही विवाद भएकोले सवै दलहरुले चाहे माघ ८ मै संविधान जारी हुने नेता भुसालको दावी छ ।
    तर संविधान जारी गर्नु अघिको प्रक्रिया भने अव छोट्याउन आवश्यक भएको उनको भनाइ छ । एमालेले संविधानका लागि घु“डा टेकेको भन्दै उनले अन्य कुरामा भने घु“डा नटेकेको जनाए । २०४७ सालमा पनि जनताकै लागि घु“डा टेकेको र अहिले पनि संविधान बनाउनकै लागि घु“डा टेकेको उनको भनाइ छ ।
    संसारमा सर्वसहमतिबाट कुनैपनि संविधान जारी नभएको उदाहरण दिदैं उनले एमाओवादीको सहमतिको रटानले संविधान बन्न नसक्ने जनाए । एमालेको मुद्दाहरुलाई तिरस्कार गर्दा मुलुकले दुर्दसा भोगेको दावी गर्दै नेता भुसालले अव पनि राजनीतिक स्थायित्व दिन ढिलाइ गर्ने होभने मुलुक अधोगतिमा लाग्ने बताए ।
    एमाले सुर्खेतका अध्यक्ष धु्रवकुमार शाहीको अध्यक्षतामा भएको भेलामा जिल्लामा नेताहरु भूषणकुमार मानन्धर, नन्दा शर्मालगायतका नेताहरुको उपस्थिति थियो ।

No comments:

Post a Comment