संविधान लेख्न युवाहरुको दवाव

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १९ पुस । (सुस)
    माघ ८ मै संविधान जारी गर्नका लागि दवाव दिन ६०१ जना सभासदहरुलाई सुर्खेतवाट डायरी र कलम पठाइएको छ । मध्य तथा सुुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय युवा सञ्जालले दवाव दिन ६०१ सभासदलाई ६०१ वटै डायरी र कलम पठाएको हो । सञ्जालले शुक्रवार मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमाफर्त सभासदहरुलाई कलम र डायरी पठाएको हो । डायरी र कलमसंगै पठाएको ध्यानाकर्षण पत्रमा सञ्जाल ले ५ वुदे मागहरुपनि उल्लेख गरेको छ ।
    जसमा जारी हुने संविधान युवा मैत्री हुनुपर्ने, राज्यका हरेक निकायमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने, युवाका विकासका लागि उचित वजेट विनियोजन हुनुपर्ने माग राखिएको छ । यस्तै युवा परिषदमा जिल्ला युवा सञ्जाललाई नै  मान्यता दिनुपर्ने र युवा नीति २०६६ लाई परिमार्जित गर्दै कार्यान्वयन गर्नुपर्ने बु“दापनि ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
    उपक्षेत्रीय प्रशासक नारायण बहादुर थापालाई कलम र डायरी हस्तान्तरण गर्दै सञ्जालका संयोजक किरण शाहले माघ ८ तोकिएको समयमै संविधान जारी गराउनका लागि दवाव दिन डायरी र कलम पठाएको जानकारी दिए । उनले सभासदहरु दलीय स्वार्थभन्दा जनता र राष्ट्रका लागि संविधान जारी गर्नुपर्ने भन्दै उनले संविधान जारीको विकल्प नभएको बताए ।
    उपक्षेत्रीय प्रशासक नारायणबहादुर थापाले समयमै संविधान जारी हुनुपर्ने सबैको आवश्कता भएकोले चा“डै नै डायरी र कलम मन्त्रालय पठाउने बताए । उनले युवा देशको महत्वपूर्ण शक्ति भएकाले संविधानमा पनि युवाका लागि पर्याप्त कुराहरु समेट्नु पर्ने जिकिर गरे ।

No comments:

Post a Comment