काठमाडौं, २५ जेठ ।
नेपालमा श्रमिक क्षेत्रमा हाल २१ लाख ४० हजार बालबालिका आर्थिक उपार्जनका लागि श्रमिक क्षेत्रमा कार्यरत रहेको कन्सर्न नेपाल र सेभ दि चिल्डेन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कन्सर्न नेपालद्वारा गरिएको सर्भेक्षणमा नेपालका ८४ वटा भन्दा बढी श्रम क्षेत्रमा उनीहरू कार्यरत रहेको र उनीहरूले दैनिक रु. १०० देखि ३०० सम्म पारिश्रमिक पाउने गरिएको छ ।
त्यस्तै भक्तपुरका १६ गाविस र दुई नगरपालिकामा ७० वटा ईटा कारखाना रहेको र ती कारखानामा ४ सय ७५ जना १८ वर्षमुनिका बालबालिका छन् । सो अवसरमा कन्सर्न नेपालका अध्यक्ष डा. विजय सैंजुले नयाँ संविधानमा बालअधिकार पनि समावेश गर्नुपर्नेमा जोड दिंदै हरेक वर्ष एक लाखको दरले बाल श्रमिक न्यूनिकरण गर्दा पनि तोकिएको लक्ष्य हासिल गर्न २० वर्ष लाग्ने जानकारी दिए ।नेपालमा श्रमिक क्षेत्रमा हाल २१ लाख ४० हजार बालबालिका आर्थिक उपार्जनका लागि श्रमिक क्षेत्रमा कार्यरत रहेको कन्सर्न नेपाल र सेभ दि चिल्डेन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कन्सर्न नेपालद्वारा गरिएको सर्भेक्षणमा नेपालका ८४ वटा भन्दा बढी श्रम क्षेत्रमा उनीहरू कार्यरत रहेको र उनीहरूले दैनिक रु. १०० देखि ३०० सम्म पारिश्रमिक पाउने गरिएको छ ।
सेभ दि चिल्डेनका कार्यक्रम प्रबन्धक जिएम श्रेष्ठले नेपाल मुलुकभर ६० हजार बालबालिका ईटाभट्टामा काम गरेको पाइएको जानकारी दिए । यसैबीच गोरखा–७ फुजेल गाविसका स्थानीय बासिन्दा नुरप्रसाद अधिकारीले २०६१ जेठ २४ मा आफ्नो भाई कृष्णप्रसाद अधिकारीलाई हजुरबाआमालाई चितवनमा भेट्न जाँदा माओवादीले हत्या गरेको र त्यसको लगत्तै आफूलाई मानसिक तनाब दिएको जानकारी दिए ।
उनले २०६३ सालमा अर्को भाइ प्रकाश लामिछानेलाई पनि अपहरण गरेको भएपनि आफूले भाई खोस्न सफल भएको जानकारी दिए । उनले भने, ‘प्रकाशलाई खोसेर ल्याएपछि मलाई पनि मार्ने प्रयास गरेका थिए । तर हालसम्म असफल छन् ।’ प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट हटाएको भोलिपल्ट जेल हाले मात्रै आफूलाई न्याय र सन्तोष मिल्छ ।
मा
No comments:
Post a Comment