सुर्खेत, २४ जेठ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुर्खेत शाखाले पोखरीकाँडा गाविस–४,सुर्खेतका नावालक केशव विसीलाई शिक्षा खर्च वापत २ हजार रकम प्रदान गरेको छ । एक कार्यक्रमका वीच उनलाई रकम दिइएको हो ।
२०६७ माघमा नावालक छोराको जीवनवीमा गरेका पोखरीकाँडा सुर्खेतका टोपबहादुर विसीको गत पौषमा हत्या भएकोमा कम्पनीको बालबच्चा वीमा योजना अन्तर्गत मृतकका छोरा केशवलाई १८ बर्ष नपुग्दासम्म प्रत्येक महिना मासिक पाँच सयका दरले शिक्षा खर्च उपलब्ध गराउने र आगामी वाँकी सम्पूर्ण वीमा शूल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ । कम्पनीका एजेन्सी म्यानेजर निर्मला पाठकवाट शिक्षा खर्चको चेक नावालकका आमा कमला वि.सी.लाई हस्तान्तरण गरिएको थियो । कम्पनीका सुर्खेत शाखाका कर्मचारी किशोरकुमार थापाले संचालन गरेको उक्त कार्यक्रममा आमा समूहका सदस्यहरु,स्थानीय व्यक्तिहरु, समाजसेवी, शिक्षक, व्यापारी, कम्पनीका अभिकर्ता लगायतका उपस्थिति थियो । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुर्खेत शाखाले पोखरीकाँडा गाविस–४,सुर्खेतका नावालक केशव विसीलाई शिक्षा खर्च वापत २ हजार रकम प्रदान गरेको छ । एक कार्यक्रमका वीच उनलाई रकम दिइएको हो ।
No comments:
Post a Comment