चौधरीलाई शहीद घोषणा गर्न माग

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २४ जेठ ।
    नवलपरासीमा प्रहरीको गोली लागि घाइते भएका आन्दोलनका योद्धा धनबहादुर थनेत (चौधरी)लाई शहीद घोषणा गर्न र उनका परिवारलाइ उचित क्षतिपूर्ति दिन माग गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतले आयोजना गरेको शोकसभाका सभागीहरुले यस्तो माग गरेका हुन ।
    कार्यक्रममा महासंघका अध्यक्ष मोहन गुरुङले मृतकका आफन्तले राखेका ३ बँुदे मागहरुलाई सरकारले तत्काल पुरा गर्नुपर्नेमा जोड दिए । उनले आदिवासी जनजातिको आन्दोलनलाइ थप गर्नमा जोड दिने योद्धाको सुनियोजित ढंगले गोली हानिएको ठोकुवा गरे ।
    गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष राजकुमार गुरुङले जनजातिको योद्धाको मृत्यु भएकोमा शोक व्यक्त गर्दै चौधरीले सिकाएको बाटोको सह्राना गर्ने बताए । कार्यक्रममा जनजाति बुद्धिजीवि सुन्दरमान श्रेष्ठ, राजी शाल्म समाजका सचिव अशोक राजी र आदिवासी जनजाति नगर समन्वय परिषदका अध्यक्ष कर्णबहादुर रानामगरले यदि सरकारले मृतकका परिवारलाई राहतको व्यवस्था नगरे आदिवासी जनजाति महासंघ लगायत विभिन्न भातृ संघसंगठनहरु आन्दोलन गर्नसमेत पछि नपर्ने बताए ।
    शोकसभामा नेपाल मगर संघका प्रतिनिधि डिलबहादुर बंशीमगर, नेवार संघका उपाध्यक्ष तिला श्रेष्ठ, जनजाति पत्रकार संघका सदस्य भुपेन्द्र घर्ती र पवित्रा थापामगर, कुमाल संघका सहसचिव संगिता कुमाल, थारु कल्याणकारीका प्रतिनिधि बेचुलाल चौधरीले पनि बोलेका थिए
    यता थारु कल्याणकारिणी सभा सुर्खेतले विज्ञप्ति प्रकाशित गरी चौधरीको मृत्युले क्षति पुगेको जनाएको छ । सभाका अध्यक्ष देवीराम चौधरी र सचिव रिद्दी चौधरी द्वारा बुधवार जारी विज्ञप्तिमा चौधरीलाई शहीद घोषणा गर्न र क्षतिपूर्तिवापत १० लाख रुपैयाँ राहत दिन माग गरिएको छ । 

No comments:

Post a Comment