विश्वम्भर नाथलाई सफाई

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २४ जेठ ।
गत माघ ५ गते प्रहरीले पक्राउ गरेका शैक्षिक तालिम केन्द्र सुर्खेतका कम्प्यूटर अप्रेटर विश्वम्भर नाथलाई जिल्ला अदालत सुर्खेतले सफाई दिएको छ । केन्द्रका तत्कालीन निमित्त बरिष्ठ प्रशिक्षक विष्णुप्रसाद अधिकारीले अपहरण गरी कव्जामा लिइ फिरौती रकम माग गरी लिएको उजुरीको आधारमा प्रहरीले नाथलाई पक्राउ गरेको थियो ।
जिल्ला अदालत सुर्खेतका न्यायाधीश कुलप्रसाद शर्माको इजालासले मंगलवार नाथलाई प्रतिवादीले अभियोग दावी बमोजिमको कसुर गरेको नदेखिँदा सफाई पाउने ठहर भनी फैसला गरेको थियो । नाथलाई अपहरण तथा शरीर वन्धक उद्योगको अभियोग लगाइएको थियो । नाथलाई अदालतले सफाई दिएपछि तत्कालीन निमित्त बरिष्ठ प्रशिक्षक अधिकारी र प्रहरीको मिलिमतोमा झुठा कागज बनाइ फसाएको प्रमाणित भएको परिवारजनले जनाएको छ । 

No comments:

Post a Comment