सुर्खेत, २४ जेठ ।
सरुवा भएर सुर्खेत आएका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरलाई बुधवार सुर्खेत उद्योग बाणिज्य संघले स्वागत गरेको छ । संघका अध्यक्ष पदमबहादुर शाहीलगायतको कार्यसमितिले प्रजिअ कुँवरलाई स्वागत गरेको हो ।
अध्यक्ष शाहीले सुर्खेतका व्यापारी तथा व्यापारिक फर्महरु दिनदिनै विभिन्न कारणले असुरक्षित बन्दै गइरहेकोले सुरक्षा प्रदान गर्न प्रजिअसंग आग्रह गरेका थिए । उनले लागू औषध दुव्र्यसनलगायत अन्य समस्याहरुका वारेमा पनि प्रजिअको ध्यानाकर्षण गराएका थिए । प्रजिअ कुँवरले आफू जिल्लाको शान्ति सुरक्षामा प्रतिवद्ध रहेको आश्वासन दिएका थिए । कार्यक्रममा क्षेत्रीय अस्पतालको निर्माण प्रक्रिया छिटो पूरा गर्न, विद्युत हाइटेसन पोल राख्न र गढी गाविसमा अस्थायी प्रहरी विट स्थापना गर्नपनि माग गरिएको थियो । सरुवा भएर सुर्खेत आएका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरलाई बुधवार सुर्खेत उद्योग बाणिज्य संघले स्वागत गरेको छ । संघका अध्यक्ष पदमबहादुर शाहीलगायतको कार्यसमितिले प्रजिअ कुँवरलाई स्वागत गरेको हो ।
संघले जिल्लाका उच्च सरकारी अधिकारीहरुलाई स्वागत एवं सम्मान गर्ने कामलाई निरन्तरता दिइरहेको छ ।
संघका बाणिज्य उपाध्यक्ष जगतबहादुर खड्काले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव मदनबहादुर खड्काले गरेका थिए ।
No comments:
Post a Comment