सुर्खेत, २४ जेठ ।
नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेत आफ्नो पेशागत सुरक्षाको साथसाथै सामाजिक काममा समेत समर्पित भएको छ । बुधवार संघको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संघले गरेका क्रियाकलापले सामाजिक काममा समर्पित भएको प्रमाण दिएको हो ।
संघले जिल्ला स्वास्थ्य कार्यालय नजिक प्रतीक्षालय निर्माण गरेको, जिल्लाका विभिन्न गाविसहरुमा नि:शुल्क स्वास्थ्य शिविर, दन्त शिविर गरेर सेवा पुर्याएको, क्षेत्रीय अस्पतालमा उपचार गर्न आउने गरीवहरुलाई नि:शुल्क उपचारमा पहल गरेको जानकारी संघ सुर्खेतका सचिव उदयबहादुर थापाले दिए । यसका साथै स्वास्थ्यकर्मीहरुको पेशागत हकहित तथा दक्षता अभिवृद्धि गर्नपनि संघले विभिन्न कार्यहरु गरेको उनले बताए । आगामी आर्थिक बर्षभित्र संघले एम्बुलेन्स सेवापनि संचालन गर्ने जानकारी उनले दिए । नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेत आफ्नो पेशागत सुरक्षाको साथसाथै सामाजिक काममा समेत समर्पित भएको छ । बुधवार संघको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संघले गरेका क्रियाकलापले सामाजिक काममा समर्पित भएको प्रमाण दिएको हो ।
स्थापना दिवसको अवसरमा बोल्ने अतिथिहरुले संघले पेशागत हकहितका साथै सामाजिक कामलाई निरन्तरता दिन सुझाव दिएका थिए । उनीहरुले स्वास्थ्यकर्मी संघमा आवद्ध अहेव, सिहेव, अनमी, स्वयंसेविकाहरु गरीवका र गाउँका डाक्टर भएकोले उनीहरुको पेशागत दक्षता अभिवृद्धिका लागि पहल गर्नपनि जोड दिएका थिए ।
संघ सुर्खेतका अध्यक्ष राजेशकुमार बुढाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति तप्तबहादुर विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा, बरिष्ठ जनस्वास्थ्य प्रशासक मुकुन्द गौतम, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका खेमराज उपाध्याय, संघका क्षेत्रीय अध्यक्ष किरण ओली, पव्लिक क्याम्पस प्राध्यापक संघका कमला तिवारीलगायतले स्थापना दिवसको वारेमा शुभकामना दिएका थिए । सो अवसरमा रक्तदान कार्यक्रमको आयोजनासमेत गरिएको थियो ।
No comments:
Post a Comment