भक्तपुर, २४ जेठ ।
शिक्षा विभागले आर्थिक वर्ष २०६८/०६९ का लागि मुलुकभरका सामुदायिक विद्यालयका विद्यार्थीलाई विभिन्न शीर्षकमा छात्रवृत्ति वितरण गरेको छ । विभागले नेपाल सरकारबाट सहिद परिवार घोषणा भएका व्यक्तिका छोराछोरीलाई पूर्व प्राथमिक तहदेखि उच्च तहसम्म अध्ययन गर्न पूर्व प्राथमिक र प्राथमिक तहमा प्रति विद्यार्थी प्रति महिना रु एक हजार, निमावि तथा मावि तहमा प्रति महिना रु. १ हजार ५०० र उच्च मावि तथा उच्च तहमा प्रति महिना रु २ हजारका दरले रु. ३० लाख बराबरको छात्रवृत्ति वितरण गरेको विभागको लैंगिक समविकास शाखाकी उपनिर्देशक दिव्या दवाडीले बताए ।
त्यसैगरी फिडर छात्रावासमा रहेर अध्ययन गर्ने छात्राहरूका लागि १० महिनासम्मका लागि मासिक रु. २ हजार ५०० का दरले ४०० विद्यार्थीलाई रु. १ करोड २० लाख बराबरको फिडर छात्रवृत्ति वितरण गरिएको उनले जानकारी दिए । विभागले दुर्गम हिमाली आवासीय छात्रवृत्तिअन्तर्गत विद्यालय सेवा क्षेत्रभन्दा टाढा रहेका निमावि तथा मावि तहमा अध्ययनरत पिछडिएका बालबालिकालाई १० महिनाका लागि मासिक रु. २ हजार ५०० का दरले ४ सय ५७ जना विद्यार्थीलाई रु. १ करोड ३७ लाख १० हजारको छात्रवृत्ति वितरण गरेको छ ।शिक्षा विभागले आर्थिक वर्ष २०६८/०६९ का लागि मुलुकभरका सामुदायिक विद्यालयका विद्यार्थीलाई विभिन्न शीर्षकमा छात्रवृत्ति वितरण गरेको छ । विभागले नेपाल सरकारबाट सहिद परिवार घोषणा भएका व्यक्तिका छोराछोरीलाई पूर्व प्राथमिक तहदेखि उच्च तहसम्म अध्ययन गर्न पूर्व प्राथमिक र प्राथमिक तहमा प्रति विद्यार्थी प्रति महिना रु एक हजार, निमावि तथा मावि तहमा प्रति महिना रु. १ हजार ५०० र उच्च मावि तथा उच्च तहमा प्रति महिना रु २ हजारका दरले रु. ३० लाख बराबरको छात्रवृत्ति वितरण गरेको विभागको लैंगिक समविकास शाखाकी उपनिर्देशक दिव्या दवाडीले बताए ।
त्यस्तै द्वन्द्वपीडित छात्रवृत्तिअन्तर्गत द्वन्द्वका क्रममा मृत्यु भई राज्यले राहत उपलब्ध गराएका द्वन्द्वपीडित परिवारका तीनजनासम्म छोराछोरीका लागि प्राथमिक तहमा वार्षिक रु. १० हजार, निमावि तहका लागि रु. १२ हजार, मावि तहका लागि रु. १४ हजार र प्रमाणपत्रतह एवं उच्च मावि तहका लागि रु. १६ हजार बराबरको रु.९ करोड ३६ लाखको छात्रवृत्ति वितरण गरिएको दवाडीले बताए । कक्षा १ देखि १० सम्म अध्ययनरत लोपोन्मुख, आदिवासी तथा जनजातिका बालबालिकाका लागि आधारभूत तहमा रु. ४०० र मावि तहमा रु. १७ सयका दरले ३३ हजार ९ सय ४ जनालाई रु. ५ करोड ७६ लाख ३७ हजारको छात्रवृत्ति वितरण गरिएको छ ।
त्यस्तै कमलरीका लागि क्षमता विकास एवं छात्रवृत्तिअन्तर्गत बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुरका मुक्त कमलरीहरूलाई आधारभूत तहमा प्रति विद्यार्थी वार्षिक रु.१ हजार ५००, मावि तहमा रु. १ हजर ८०० र उच्च मावि तहमा वार्षिक रु. पाँच हजारका दरले रु. एक करोड २० लाख ६ सय ९ को छात्रवृत्ति प्रदान गरिएको छ । विभागले अति विपन्न लक्ष्यित माध्यमिक तहका विद्यार्थीका लागि १५ जिल्लाका १५ हजार ५०० विपन्न विद्यार्थीलाई माध्यमिक तहमा वार्षिक रु दुई हजार ४०० र रु. ३ हजारका दरले रु. ३ करोड ७५ लाखको छात्रवृत्ति वितरण गरेको छ ।
त्यस्तै हिमाली छात्रावासका विद्यार्थीका लागि छात्रवृत्तिअन्तर्गत कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई वार्षिक रु. २५ हजारका दरले १ सय ४० विद्यार्थीलाई रु. ४२ लाखको छात्रवृत्ति वितरण गरेको विभागले जनाएको छ । विभागले अपांग छात्रवृत्तिअन्तर्गत कक्षा १ देखि ८ सम्मका ७७ हजार ३ सय ४८ जना अपांग विद्यार्थीलाई अपांगताको तहअनुसार साधारण र डेरा गरी बस्नुपर्नेको अवस्थाअनुसार प्रतिव्यक्ति वार्षिक रु. ५०० देखि रु. १ हजार ५०० सम्मका दरले रु. १ करोड ४२ लाख २३ हजार ६०० को छात्रवृत्ति वितरण गरेको छ ।
कक्षा ९ र १० मा अध्ययनरत अपांग भएका ६ हजार ८ सय ३८ विद्यार्थीलाई पनि अध्ययनका लागि रु. ६८ लाख ३८ हजारको छात्रवृत्ति वितरण भएको छ । विभागले नमूना विद्यालयका लागि छात्रवृत्ति शीर्षकअन्तर्गत मुलुकभरका २ सय २२ वटा नमूना विद्यालयलाई रु. ७२ लाख २३ हजारको छात्रवृत्ति वितरण गरेको दवाडीले जानकारी दिए ।
No comments:
Post a Comment