बैतडी, २५ जेठ ।
वाणिज्य विभाग, क्षेत्रीय कार्यालय धनगढीले बैतडी सदरमुकाममा बजार अनुगमन गर्दै उपभोक्ता सचेतना कार्यक्रम गरेको छ । वाणिज्य कार्यालय धनगढीका प्रमुख सञ्जीवकुमार कर्णसहितको टोलीले सदरमुकाम बैतडीमा बजार अनुगमन गरेको हो । बजार अनुगमनपछि उपभोक्ता सचेतना कार्यक्रममा बोल्दै कर्णले गत चैतमा गरेको अनुगमनमा बजारको अवस्था सुधार भएको जानकारी दिए ।
केही व्यापारीहरूले कम गुणस्तरीय र म्याद सकिएका खाद्य सामाग्रीहरू बिक्री गरेको पाइएकाले आबदेखि त्यसो नगर्न सुझाव दिएको उनले बताए । बैतडीका व्यापारी, उपभोक्ता, राजनीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीहरूको सहभागितामा भएको सो कार्यक्रममा उपभोक्ता ऐन, गुणस्तरीय सामाग्री प्रयोग, सरोकारवाला निकाय र कानुनी प्रक्रिया बारे छलफल गरिएको छ । वाणिज्य विभाग, क्षेत्रीय कार्यालय धनगढीले बैतडी सदरमुकाममा बजार अनुगमन गर्दै उपभोक्ता सचेतना कार्यक्रम गरेको छ । वाणिज्य कार्यालय धनगढीका प्रमुख सञ्जीवकुमार कर्णसहितको टोलीले सदरमुकाम बैतडीमा बजार अनुगमन गरेको हो । बजार अनुगमनपछि उपभोक्ता सचेतना कार्यक्रममा बोल्दै कर्णले गत चैतमा गरेको अनुगमनमा बजारको अवस्था सुधार भएको जानकारी दिए ।
No comments:
Post a Comment