धनगढी, २५ जेठ ।
विगतको सशस्त्र द्वन्द्वका कारण टुहुरा बनेका बालबालिकाको उचितरूपमा भरणपोषण, आवास तथा शिक्षाको व्यवस्था गर्न टुहुरा बालबालिकालाई सरकारले मासिक रु. ५ हजार प्रदान गर्न थालेको छ । बालबालिका पुनस्र्थापना कार्यक्रम २०६८ अन्तर्गत १० वर्ष उमेर नपुगेका टुहुरा बालबालिकालाई लक्ष्य गरी प्रदान गरिने सो रकम बालबालिकाका संरक्षक वा नजिकका आफन्तको नाममा संरक्षणबापत उपलब्ध गराइने स्थानीय शान्ति समितिको कार्यालयले जनाएको छ ।
बुधबार स्थानीय शान्ति समिति कैलालीमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार द्वन्द्वलगायतका कारणबाट टुहुरा बनेका बालबालिकाको संख्या कैलालीमा ६५ छ । जनही मासिक रु. ५ हजार पाउने भएपछि टुहुरा बालबालिकाका संरक्षक एवं अभिभावकले यसअघि बालबालिकाको रेखदेख, भरणपोषण, शिक्षा, लुगाकपडाका निम्ति ब्यहोर्दै आएको समस्या समाधान हुने विश्वास गरेका छन् । ‘अब नातिलाई पढाउन र पाल्न केही सजिलो हुने भएको छ, यसबाट हामी हर्षित छौं’ कैलाली उर्मा गाविसका टुहुरा बालक सबेन्द्र चौधरीका बाजे छेदुरामले भने । बालक चौधरीका बुबा धनीरामको द्वन्द्वकालमा सुरक्षाकर्मीको कारबाहीमा मृत्यु भएको थियो भने आमा सुमित्रा अर्को विवाह गरी गएकी छन् । विगतको सशस्त्र द्वन्द्वका कारण टुहुरा बनेका बालबालिकाको उचितरूपमा भरणपोषण, आवास तथा शिक्षाको व्यवस्था गर्न टुहुरा बालबालिकालाई सरकारले मासिक रु. ५ हजार प्रदान गर्न थालेको छ । बालबालिका पुनस्र्थापना कार्यक्रम २०६८ अन्तर्गत १० वर्ष उमेर नपुगेका टुहुरा बालबालिकालाई लक्ष्य गरी प्रदान गरिने सो रकम बालबालिकाका संरक्षक वा नजिकका आफन्तको नाममा संरक्षणबापत उपलब्ध गराइने स्थानीय शान्ति समितिको कार्यालयले जनाएको छ ।
कार्यक्रममा सहभागी अन्य टुहुरा बालबालिका र उनका संरक्षकले राज्यले टुहुराका निम्ति ल्याएको सो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए । विगतको द्वन्द्वलगायतका कारणले देशमा सबैभन्दा बढी टुहुरा बालबालिका कैलालीमा रहेको शान्ति समितिका कैलालीका सचिव तेजराज तिमिल्सेनाले बताए । टुहुरा बालबालिकाका निम्ति बालबालिका पुनस्र्थापना कार्यक्रम कैलालीलगायत देशका १५ जिल्लामा सञ्चालन भइरहेको बताइएको छ ।
No comments:
Post a Comment