सिद्धार्थमा आसुराम

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ९ मंसिर ।
    सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर–६ को संचालक समितिको अध्यक्षमा आसुराम सोमै मगर चयन भएका छन् । शनिवार सम्पन्न संस्थाको १२ औं साधारणसभाले सोमैको अध्यक्षता मा ९ सदस्यीय नयाँ संचालक समित चयन गरेको हो । समितिको उपाध्यक्षमा इन्द्रयामा राना (ठाडा मगर), सचिवमा अम्बरबहादुर तारामी मगर, कोषाध्यक्षमा डिलबहादुर पुलामी मगर चयन भएका छन् । साधारण सभामा संस्थाका अध्यक्ष धनबहादुर राना मगरले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अम्बरबहादुर तारामीले २६ करोड ५५ लाख रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष डिलबहादुर बंशी मगरको सभापतित्वमा भएको सभा मा जिल्ला सहकारी सघंका अध्यक्ष अमृत विसी, सस्थापक अध्यक्ष जहरसिंह थापा मगर लगायतको उपस्थिति थियो । 
 

No comments:

Post a Comment