सुर्खेतपत्र संवाददाता
काठमाडौं, ९ मंसिर ।
अहिलेसम्मको चुनावी नतिजालाई आधार मानेर विश्लेषण गर्दा कांग्रेस र एमाले दुई दलको मिलेमतो भएमा दुई तिहाइ बहुमत पुग्ने देखिएको छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १ सय ५ सिट हात पारेको छभने यसमा एमालेको ९१ सिट जोड्दा १ सय ९६ सिट हुन आउँछ समानुपातिकतर्फको मत प्रतिशत हेर्दा एमाले र कांग्रेसले लगभग अढाइ सय सिट हात पार्नसक्ने अवस्था देखिएको छ । विगतमा एमाओवादी विरुद्ध लोकतान्त्रिक गठबन्धनमा आवद्ध राप्रपा र राष्ट्रिय जनमोर्चालाई समेत जोड्ने होभने नयाँ संविधानसभामा लोकतान्त्रिक गठबन्धनको स्पष्ट दुई तिहाइ बहुमत पुग्ने देखिएको छ ।
एकीकृत नेकपा माओवादी नेतृत्वको विगतको संघीय गणतान्त्रिक गठबन्धनले कांग्रेस एमालेलाई दुई तिहाइ सीट ल्याउन बाट रोक्न सकेको भए सविधान निर्माणमा उनीहको भूमिका अर्थपूर्ण बन्नसक्थ्यो । तर, अहिलेसम्मको परिणामका आधारमा त्यो स्थिति देखिएको छैन । विगतमा प्रत्यक्षतर्फ मात्रै ४३ सिट जितेको मधेसी मोर्चा यसपाली प्रत्यक्षमा ११ सिटमा खुम्चिएको छ । सुमानुपातिकतर्फ पनि उनीहरुको भोट ह्वात्तै घट्ने भएकाले पहिलो संविधानसभामा ८४ सीटको नेतृत्व गरेको मधेसी मोर्चा यसपाली पुग नपुग आधामामा खुम्चिने पक्कापक्की छ ।
उता एमाओवादीले प्रत्यक्षको २५ समेत गरी लगभग १ सय सीटको हाराहारीमा प्रतिनिधित्व गर्ने अवस्था छ । यो स्थितिमा मधेसवादी, एमाओवादी, संघीय समाजवादी र अन्य साना दलको कर्याककुरुक भेला गर्दा पनि २ सय सीट पुग्न मुस्किल पुग्ने देखिएको छ । लोकतान्त्रिक र गणतान्त्रिक दुबै गठबन्धनमा नरहेको राप्रपा नेपालले एक दर्जन बढी सीट ओगट्ने अवस्थामा एमाओवादी–मधेसी गठबन्धनले कांग्रेस र एमालेको दुईतिहाइ मतलाई रोक्ने हैसियत बनाउन गाह्रो देखिएको छ ।
एक्लै कसैको बहुमत नपुग्ने
कांग्रेस र एमालेले हालसम्म प्राप्त गरेको मतलाई आधार मार्दा कांग्रेस ठूलो दल बन्ने सम्भावना देखिएपनि कांग्रेस या एमालेले एक्लै बहुमतको सरकार बनाउन सक्ने अवस्था देखिंदैन । यो अवस्थामा एमाले र एमाओवादी मिलेर या कांग्रेस र एमाओवादी मिलेर पनि सरकार बन्नसक्छ । अर्कोतर्फ कांग्रेस या एमालेले एमाओवादी र मधेसीबाहेकका साना दललाई लिएर पनि बहुमतको सरकार बनाउन सक्ने स्थिति आउने देखिएको छ ।
यो अवस्थामा विगतका पुराना प्रतिद्वन्द्वी मानिने कांग्रेस र एमालेले आपसमा मिलेर दुईतिहाइ बहुमत सहितको सरकार बनााउँछन् या साना दलको सहारा लिएर झिनो बहुमतको सरकार बनाउने प्रयत्न गर्छन् भन्ने अर्को गणितीय आधार पनि यसपटक को संविधानसभाले तयार पार्ने अवस्था देखिएको छ । कांग्रेस र एमाले आपसमा मिलेनन् र साना दलको आड लिएर एक्लै सरकार बनाउने होडबाजीमा लागे भने यसपाली पनि संविधानसभामा मधेसवादी, माओवादी, राप्रपा नेपाल र साना दलको मोर्चाले सरकार ढाल्ने र बनाउने खेलमा आफूलाई सक्रिया गराउने अवसर पाउने छन् ।
दुईतिहाइ आएपनि संविधान बनाउन गाह्रो
कांग्रेस र एमाले मिलेर दुईतिहाइ बहुमतसहितको सरकार बनाए भने सरकार टिकाउन त सहजै होला, तर एमाओवादी र मधेसी लगायतका शक्तिलाई विश्वासमा लिएर रष्ट्रिय सहमतिका आधारमा नयाँ संविधान जारी गर्नभने निकै गाह्रो देखिन्छ । सहमतिका आधारमा संविधान बनाउने होभने बहुमतीय खेलमा नलागी सहमति खोज्नुपर्ने हुन्छ । तर, सहमतिमा पुग्न सकिएन भन्दैमा विगतमा जस्तो संविधानै जारी नगर्ने र अलमलिने कार्यलाई पनि जनताले छुट नदिन सक्छन् । त्यसैले बुद्धिमत्तापूर्ण रोच्ने होभने अन्तरिम संविधानको धारा ३८ (१) अनुसार राष्ट्रिय सहमतिको सरकार बनाएर एक वर्षमा संविधान जारी गर्ने बाटोमा लागे भने असहमितको खतरा रहँदैन । यसका लागि एमाओवादी, मधेसी र राप्रपा लगायतका साना दलहरुलाई पनि केही मन्त्रालय दिएर क्याबिनेटमा समेट्नु र सबैले मिलेर संंविधान बनाउनु उत्तम देखिन्छ ।
प्रधानमन्त्रीमै विवाद
सरकारको नेतृत्व कांग्रेस र या एमालेमध्ये कसले गर्ने भन्ने विवाद पर्नसक्ने देखिन्छ । ५/१० सीटको अन्तरले कांग्रेस र एमाले तलमाथि पर्नसक्ने देखिएको छ । यो अवस्थामा जसको बढी सिट आउँछ, उसैले सरकारको नेतृत्व गर्ने भएपनि आफूलाई ठूलो दल देखाउनका लागि २६ जना मनोनित हुने ठाउँमा दुई दलवीच हानाथाप हुने अर्को सम्भावना छ । अर्कोतर्फ सीपी मैनाली नेतृत्वको नेकपा मालेका सभासदलाई एमालेले आफ्नो पार्टीमा भित्र्यायो भने त्यो बाटोबाट पनि उसले कांग्रेसलाई जित्नसक्ने अवस्था रहन्छ । तर यसका लागि एमालेले समानुपातिकमा कांग्रेसलाई जित्नुपर्ने हुन्छ ।
कांग्रेस र एमालेमध्ये जसले धेरै सिट जित्छ, उसैले सरकारको नेतृत्व गर्ने अवस्था आएपनि सम्बन्धित दलभित्रै कसलाई प्रधानममन्त्री बनाउने भन्ने विवाद पर्ने सम्भावना छ । किनभने नेपाली कांग्रेसभित्र सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्रधानमन्त्रीका दाबेदार छन्भने एमालेमा झलनाथ खनाल, केपी ओली र माधवकुमार नेपाल तीन जना प्रधानमन्त्रीको दाबेदार छन् । त्यसैले कांग्रेस र एमालेलाई सरकार बनाउन सजिलो भएपनि चलाउन भने निकै गाह्रो छ ।

No comments:
Post a Comment