सुर्खेतमा समानुपातिक मतगणना सुरु

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ९ मंसिर ।
    मंसिर ४ गते सम्पन्न भएको संविधानसभाको निर्वाचनको समानुपातिकतर्फको मत गणना सुर्खेतमा आइतवारदेखि सुरु भएको छ । आइतवार साँझसम्मको मत गणना अनुसार क्षेत्र नं. १ एमाले र क्षेत्र नं. २ र ३ मा कांग्रेस अगाडि रहेको छ ।
    क्षेत्र नं. १ मा एमालेको ३ हजार ९ सय ८, नेपाली कांग्रेसको ३ हजार १ सय ४९ र एमाओवादीको ७ सय ९६ मत रहेको छ । यस्तै क्षेत्र नं. २ मा कांग्रेसको १७ सय ५, एमालेको १३ सय १८, एमाओवादीको ६ सय ९५ मत छ । यसैगरी क्षेत्र नं. ३ मा कांग्रेसको १९ सय ६९, एमालेको ११ सय १३ मत र एमाओवादीको ३ सय ४० मत आएको जिल्ला निर्वाचन अधिकारी तिलक रिजालले जानकारी दिए । उनका अनुसार मतगणना कार्य आजपनि जारी रहनेछ ।  

No comments:

Post a Comment