पहिले गरेका वाचाहरु पूरा गर्दै जाने प्रतिवद्धता
सुर्खेतपत्र संवाददाता
सुर्खेत, ९ मंसिर ।
सुर्खेतको ३ वटै क्षेत्रमा आफ्नो पकड जमाउन सफल नेपाली कांग्रेस सुर्खेतका तीनै जना विजयी उम्मेदवारहरु मतदाताहरुलाई धन्यवाद तथा आभार व्यक्त गर्न गाउँगाउँ तिर लागेका छन् । सुर्खेतको तीनवटै क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको घोषणा हुनासाथ कोही त्यही दिन गएभने कोही आइतवार नै गाउँतर्फ लागेका हुन् ।
घोषणा भएको दिन शनिवार नगरमा कहीवेरको विजयी जुलुसपछि क्षेत्र नं. १ का विजयी तथा नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्का क्षेत्र नं. १ तर्फ लागेका थिएभने क्षेत्र नं. २ का विजयी उम्मेदवार हृदयराम थानी र क्षेत्र नं. ३ का विजयी उम्मेदवार तप्तबहादुर विष्ट पनि आइतवारदेखि गाउँगाउँमा गइ मतदाताहरुलाई धन्यवाद तथा आभार व्यक्त गर्न सुरु गरिसकेका छन् ।
सहमहामन्त्री खड्का छिन्चु, रामघाट, जहरे, मैनतडा, मेहेलकुना, सहारे हँुदै मालारानीसम्म पुग्ने छन्भने थानी नगरका सम्पूर्ण वडाहरुमा घरदैलो गरी गाविसहरुमा जाने योजना बनाएका छन् । क्षेत्र नंं. ३ का विजयी उम्मेदवार तप्तबहादुर विष्ट आइतवारनै क्षेत्र नं. ३ का गाविसहरुमा मतदाता तथा समर्थक सबैलाई धन्यवाद तथा आभार प्रकट गर्नका लागि आफ्नो क्षेत्र गइसकेका छन् । क्षेन नं. १ का विजयी उम्मेदवार खड्काले निर्वाचन अभियानमा खटिने सम्पूर्ण कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरु प्रति धन्यवाद र आभार प्रकट गरेका छन् । उनले अव नेपाली कांग्रेस संविधान र विकासलाई जोड दिएर अघि बढ्ने पनि बताए । उनले निर्वाचन वाहिर रहेको र संविधान वाहिर रहने चेतावनी दिएका सबै पार्टीहरुसंग समन्वय गरेर जनताको संविधान निर्माण गर्ने मतदाता तथा कार्यकर्ताहरु समक्ष प्रतिवद्धता जनाएका छन् ।
यस्तै क्षेत्र नं. २ का बिजयी उम्मेदवार हृदयराम थानीले जनताले आफ्नो विचार र अमूल्य मत दिएर आफनो कर्तव्य पुरा गरेको भन्दै उनले अब संविधान निर्माण र समग्र देशकै विकास गर्नु नै नेपाली कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी हुने बताए । सुर्खेतको समग्र विकासका लागि सधै आफू प्रतिवद्ध भएको पनि थानीले मतदाताहरुलाई प्रष्ट पारेका छन् ।
त्यसैगरी क्षेत्र नं. ३ का विजयी उम्मेदवार तप्तबहादुर विष्टले पनि जनताको अमूल्य मत र आशालाई खेर जान नदिने बताएका छन् । मतदाताहरुकै कारणले कांग्रेसले सुर्खेतमा आफ्नो गुमेको साख फिर्ता ल्याउन सकेको भन्दै उनले मतदाहरु लाई धन्यवाद दिएका छन् ।
बिजयी तीनै जना उम्मेदवारहरुले आफूहरुको पहिलो काम जनताको हातमा नयाँ संविधान दिने र त्यसपछि विकास निर्माणका कामलाई प्राथमिकता दिने बताएका छन् । उनीहरुले विगतमा गरेको वाचाहरुलाई क्रमश: पूरा गर्दै जाने प्रतिवद्धतासमेत जनाएका छन् । मतदाताहरुपनि आफ्ना विजयी उम्मेदवारलाई खुशी पूर्वक गाउँगाउँमा स्वागत गरेका छन् ।

No comments:
Post a Comment