सुर्खेतपत्र संवाददाता
सुर्खेत, ९ मंसिर ।
मंसिर ४ गते सम्पन्न भएको दोस्रो संविधानसभा चुनावमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुप्रति आभार प्रकट गर्ने क्रम जारी रहेको छ । आइतवार मात्रै सुर्खेत क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार शिवप्रसाद उपाध्याय र नेकपा एमाले सुर्खेत क्षेत्र नं. १ पराजित उम्मेदवार कमला शर्माले मतदाताप्रति धन्यवाद सहित आधार प्रकट गरेका छन् ।
स्वतन्त्र उम्मेदवार शिवपंसाद उपाध्यायले चुनाव चिन्ह तालाचावीमा मतदान गर्ने क्षेत्र नं. २ का मतदाताहरुलाई धन्यवादसहित आभार प्रकट गरेका छन् । उनले पार्टीको िवधानको पालना र जनवाद रक्षाको निम्ति आफूले स्वतन्त्र उम्मेदवारी दिएकोले आफूले कोहीप्रति गद्दारी काम नगरेको स्पष्ट पारेका छन् । जनअपेक्षा विपरित स्थायी कमिटीले गरेको पक्षपातपूर्ण निर्णयको विरुद्ध जनवादको रक्षात्मक प्रयोग स्वरुप आफूले स्वतन्त्रमा उम्मेदवारी दिएको उल्लेख गर्दै उनले जनवादको रक्षामा निरन्तर संघर्षरत रहने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै पार्टी निर्माण र संगठन विस्तारको अभियानमा एक ढिक्का भइ लाग्नसमेत उनले सवैमा अपिल गर्दै विजयी उम्मेदवारहरुलाई बधाईपनि दिएका छन् ।
त्यसैगरी एमाले सुर्खेत क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार कमला शर्माले पनि विज्ञप्ति जारी गरी आफनो पक्षमा मतदान गर्ने मतदाताहरु, कार्यकर्ता, शुभेच्छुकहरुलाई धन्यवाद दिएकी छन् । उनले निर्वाचन जित्नु मात्रै आफनो उद्देश्य नभइ जनताको सेवा, विकास र जनचेतना एमालेको इतिहास भएकाले जनताको सेवा सुविधा र विकासका लागि सर्मपित हुने प्रणसमेत गरिएको छ । यसैगरी नेकपा एमाले सुर्खेतले पनि मतदाताहरुप्रति हार्दिक आभार प्रकट गरेको छ । एमालेका प्रचार विभाग प्रमुख टेकेन्द्र बस्नेले आइतवार विज्ञप्ति जारी गरी निर्वाचनमा सूर्य चिन्हमा आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण सुर्खेतबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुप्रति हार्दिक आभार प्रकट गरिएको छ । साथै निर्वाचन अभियानमा आफ्नो ज्यान हत्केलामा राखेर खटिनु हुने पार्टीका सम्पूर्ण कार्यकर्ता, जनवर्गिय संगठन, शुभेच्छुक एवंम सर्मथकहरुलाई पनि पार्टीको तर्फबाट धन्यवादसहित आभार व्यक्त गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधान सभा निर्वाचनमा सुर्खेतका तीन वटै क्षेत्रमा नेकपा एमालेको विजयी सुनिश्चित थियो । तर, पार्टीमा देखिएको आन्तरिक समस्याका कारण सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेलाई क्षति पुगेको छ । हाम्रो पार्टी सुर्खेतमा पराजित भएपनि देशव्यापीरुपमा उत्साहजनक नतिजा हासिल गरेको छ ।’ साथै निर्वाचन सम्पन्न गर्न अहोरात्र खटिनु भएका निर्वाचन आयोगका कर्मचारीहरु, सुरक्षाकर्मी मित्रहरु, संचारकर्मी साथीहरु एवं पर्यवेक्षकहरुप्रति पार्टीले धन्यवादसमेत दिएको छ ।

No comments:
Post a Comment