रासस
काठमाडौं, ९ मंसिर ।
राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिनुपर्ने मान्यता भएपनि संविधान सभा निर्वाचनको हालसम्म घोषित परिणाममा प्रत्यक्षतर्फ नौजना महिला मात्र विजयी हुन सफल भएका छन् । परिणाम आउन बाँकी स्थानमा पनि महिला उम्मेदवारको अग्रता देखिएको छैन । विजयी महिला उम्मेदवारमा नेपाली कांग्रेसबाट पाँच, नेकपा (एमाले) बाट तीन र एकीकृत नेकपा (माओवादी) बाट एकजना गरी ९ जना महिला विजयी भएका हुन् ।
दाङ–१ बाट नेपाली कांग्रेसकी नेत्री पार्वती डिसी चौधरी विजयी भएकी छन् । दाङ–२ मा नेपाली कांग्रेसकी सुशीला चौधरी विजयी भएकी छन् । कास्की–२ मा नेपाली कांग्रेसकी नेत्री शारदा पौडेल ११ हजार ६ सय ६२ मत ल्याई विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापा ११ हजार ३१८ मत प्राप्त गरेका छन् ।
बागलुङ–३ मा नेपाली कांग्रेस नेत्री ज्ञानकुमारी छन्त्याल १० हजार ८९ मत प्राप्त गरी विजयी भएकी छन्भने उनको निकटतम प्रतिद्वन्द्वी एमाओवादीका तुल्सीराम अर्यालले ८ हजार २ सय १२ मत प्राप्त गरेका छन् । त्यस्तै, महोत्तरी–२ बाट नेपाली कांग्रेस उम्मेदवार किरण यादव ७ हजार ३५७ मत ल्याई विजयी भएकी छन् ।
त्यस्तै, संविधानसभा निर्वाचनमा कास्की–४ बाट एमाले नेत्री सीता गिरी ओली विजयी भएकी छन् । उनले १५ हजार ४३८ मत ल्याएर विजयी भएकी हुन्भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महादेव गुरुङको १३ हजार १४७ मत प्राप्त गरेका छन् । ओली यो संविधानसभा निर्वाचनमा विजयी हुने पहिलो महिला समेत भएकी छन् ।
त्यसैगरी बारा–४ बाट एमाले नेत्री नजमा खातुन विजयी भएकी छन् । उनका पति मोहम्मद आलमको मृत्यु भएपछि सो स्थानमा नजमाले उम्मेदवारी दिएकी थिइन् । त्यसैगरी, उदयपुर–२ बाट एमाले नेत्री मञ्जुकुमारी चौधरी ७ हजार ५३४ प्राप्त गरी विजयी भएकी छन् । उनको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नेत्री प्रमिला ७ हजार ५११ मत प्राप्त गरेकी छन् । त्यसैगरी, रोल्पा–२ मा एमाओवादी नेत्री ओनसरी घर्तीमगर विजयी भएकी छन् ।
‘ठूला दलले महिलालाई कमजोर स्थानमा उम्मेदवार बनाएका थिए’ राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेखचाँद ताराले भनिन्, ‘दलका घोषणापत्रमा नै महिलाका एजेन्डा कमजोर छ, कुनैपनि दलले कानुनले व्यवस्था गरेअनुसार ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउने विषयमा कडाइका साथ व्यवहारमा कार्यान्वयन गरेको देखिदैन ।’
‘अघिल्लो निर्वाचनमा एउटा परिर्वतनको लहर थियो, अहिले खासगरी विकासका एजेन्डाले गर्दा महिलाले पराजय भोग्नुपर्यो’, उनले थपिन्, ‘विकास निर्माणका ठूल्ठूलो काम महिलाले गर्न सक्दैनन् भन्ने समाजमा पितृसतात्मक सोच अझै हावी छ, त्यसैले महिलाले धेरै स्थानमा पराजय भोग्नुपर्यो ।’
ठूला दलले शीर्ष महिला नेत्रीलाई उम्मेदवार नबनाई मध्यमस्तरका महिलालाई उम्मेदवार भएको कारण र कमजोर स्थानमा महिलालाई उम्मेदवार बनाएको कारण महिलालाई धेरै स्थानमा निर्वाचन विजयी हासिल गर्न नसकेको महिला अधिकारकर्मी शर्मिला कार्कीको भनाइ छ ।
संविधानसभा निर्वाचनमा मुख्य तीन पार्टीका प्रत्यक्षतर्फबाट एकीकृत नेकपा (माओवादी) मा २९ जना, नेपाली कांग्रेसमा २२ जना र नेकपा (एमाले) मा २४ जना महिला उम्मेदवारी बनाएको थियो । नेपाल मजदुर किसान पार्टीले ३४ जना महिला, मधेसी जनअधिकार फोरम नेपालले २१ महिला, नेपाल परिवार दलले २६ जना महिला, राष्ट्रिय जनमोर्चाले २८ जना महिला महिला उम्मेदवारी बनाएको थिए ।
संविधानसभा निर्वाचन २०७० मा देशभरका २४० निर्वाचन क्षेत्रमा छ हजार ३५२ ले उम्मेदवारी दर्ता गराएकामध्ये १ हजार स्वतन्त्र, १ जना तेस्रोलिङ्गी महिलाको ५९१ रहेको छ भने पुरुषको संख्या ५ हजार ७६१ परेको थियो ।
अघिल्लो संविधानसमा निर्वाचनपछि गठित संविधानसभा विधायिकामा ६०१ सदस्यमध्ये १९७ महिला रहेका थिए । जसमा प्रत्यक्षतर्फबाट ३०, समानुपातिकतर्फबाट १६२ तथा मनोनिततर्फबाट ५ महिलाको प्रतिनिधित्व रहेको थियो ।
राप्तीबाट तीनजना महिला
राप्ती अञ्चलका ५ जिल्लाका १३ निर्वाचन क्षेत्रबाट तीनजना महिला निर्वाचित भएका छन् । निर्वाचितहरूमा तीनै जना जनजाति महिला हुन् । दाङ क्षेत्र नं १ बाट नेपाली कांग्रेसकी पार्वती डिसी चौधरीले ८ हजार ७१९ मत प्राप्त गरी विजयी बन्न सफल भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत नेकपा (माओवादी)का नारायणी शर्माले ५ हजार ६०८ मत प्राप्त गरेकी छन् । त्यसैगरी दाङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसकी सुशीला चौधरी १० हजार ४३० मत प्राप्त गरी विजयी भएकी छन् ।
यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्बाचनमा भने हाल नेकपा–माओवादीमा रहेकी दामा शर्मा सो क्षेत्रबाट विजयी भएकी थिइन् । यसैगरी, रोल्पा क्षेत्र नं २ बाट एमाओवादीका ओनसरी घर्तीमगर १४ हजार ९६४ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार दशौदी ९ हजार ३७२ मत प्राप्त गरेका थिए । गत मंसिर ४ गते सम्पन्न भएको संविधानसभाको निर्वाचनमा राप्ती अञ्चलका पाँचवटा जिल्लाबाट विभिन्न दल र स्वतन्त्र गरी ३४ जना महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

No comments:
Post a Comment