व्याटमिन्टन प्रतियोगिता सुरु

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २६ मंसिर ।
    जिल्ला खेलकुद विकास समिति सुर्खेतको आयोजनामा बुधवारदेखि जिल्लास्तरीय खुल्ला व्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । निमित्त स्थानीय विकास अधिकारी ओमदत्त रेग्मीले उक्त प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
    शुक्रवारसम्म संचालन हुने प्रतियोगितामा सिंगलमा १६, खुल्ला डवलमा ३२ र भेट्रान्स डवलमा ३ वटा इभेन्ट समावेश गरिएको छ । उद्घाटन सत्र समितिका अध्यक्ष डिल्ली सुवेदीको सभापतित्वमा भएको थियो ।
    बुधवार विभिन्न इभेन्ट खेलहरु समापन भएका छन् । 
 

No comments:

Post a Comment