१८ किलोमिटर सडक बनाउन २१ करोड खर्च

सुर्खेतपत्र संवाददाता 
बझाङ, २६ मंसिर ।
    बझाङ सदरमुकाम चैनपुरदेखि माथिल्लो भेगका लागि निर्माण गरिएको भोपुर रुपातोला सडक खण्डमा अहिलेसम्म २१ करोड खर्च भइसक्दा पनि १८ किलोमिटर सडक पूरा भएको छैन ।
    ६ वर्ष अघिदेखि निर्माण भएको यस सडकखण्डमा करोडौं रुपैयाँ खर्च हँुदासमेत गाडी चल्ने अवस्था नभएपछि यस क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट बञ्चित भएका छन् ।
    जिल्ला विकास समितिअन्तर्गत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार परियोजनाबाट निर्माण थालिएको यस सडकमा भ्रष्टाचार भएको आशंका उब्जिएको स्थानीय वासी चन्द्र सिंहले बताए ।
    एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा बन्न लागेको उक्त सडकको लम्बाई १८ किलोमिटर रहेको छ । डिलिप परियोजनाले स्थानीय बासिन्दाबाट सडक निर्माण गरिरहेको छ ।
    सुरुका वर्षदेखि हालसम्म यस सडक निर्माणका लागि रु. २० करोड र गत वर्ष सडक सफा गरी गाडी गुड्ने बनाउने भनेर रु. १ करोड ४० लाखमा ठेक्का दिइएपनि यस सडकमा गाडी गुड्न सकेको छैन ।
    यता डिलिप परियोजनाका इन्जिनियर गोरखराज जोशीले गत आर्थिक वर्षभित्र गाडी गुडाउने सोच भएको तर केही ठाउामा काम गर्न बाँकी भएकाले गाडी गुड्न नसकेको बताए ।
 

No comments:

Post a Comment