सुर्खेतपत्र संवाददाता
सुर्खेत, २६ मंसिर ।
सुर्खेतको वीरेन्द्रनगरमा भोलि शुक्रवारदेखि सुरु हुने मध्यपश्चिम व्यापार तथा पर्यटन मेलाका लागि पहिलोपटक ह्यांगर स्टल राखिएको छ । आयोजक सुर्खेत उद्योग बाणिज्य संघ, नेपाल उद्योग बाणिज्य महासंघ र बाणिज्य तथा आपूर्ति मन्त्रालयले जिल्लामा मात्र नभइ मध्यपश्चिम क्षेत्रमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ह्यांगर स्टल राखेको हो । यसमा एउटै ह्यांगर (हल) भित्र धेरै स्टलहरु राख्ने गरिन्छ ।
मेलामा ८० वटा ह्यांगर स्टल राखिएको स्टल निर्माण समितिका संयोजक एवं सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ सदस्य मोतिप्रसाद कँडेलले जानकारी दिए । उनका अनुसार ती सवै स्टल बुकिङ भइसकेका छन् । ह्यांगरभित्र ८० वटा स्टल हुने र जसमा ४ वटा कर्मचारीका र अन्य ७६ वटामा व्यापारीहरुको स्टल रहनेछ । ह्यांगर स्टलमात्रै नभइ अन्य सवै स्टलपनि मागभन्दा बढी बुकिङ भएको छ । मेलामा ३ सय स्टल राख्ने भनिएपनि माग बढी भएपनि बुधवार साँझसम्म ३४० वटा स्टल राखिएको जानकारी उनले दिए । स्टल बुकिङ हुने क्रमपनि बढेकोले कुनैपनि व्यापारीलाई फिर्ता नगरी बरु नयाँ स्टल थप
गरिएको छ ।
कतिपय व्यापारीहरुले महोत्सवको उद्घाटन सत्र सकिएपछि स्टल राख्ने भएकाले पछि पनि स्टलहरु निर्माण गरिने संयोजक कँडेलले बताए । उनका अनुसार सामान्य खालका स्टलहरुमा जुत्ता चप्पल, कपडा, कृषिलगायतका व्यापारीहरुले वुकिङ गरेका छन्भने ह्याङगर स्टल चाहीं अलि माथिल्लो लेभलको प्रविधिका व्यापारीहरुले वुकिङ गरेका छन् । ह्यांगर स्टलको शुल्क १५ हजार रुपैयाँ तोकिएको छभने सामान्य स्टलहरुको शुल्क ५ हजारदेखि १२ हजार रुपैयाँसम्म तोकिएको पनि स्टल समितिले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, सुर्खेत उद्योग वाणिज्य संघ र वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त आयोजनामा संचालन हुन लागेको मेलाका लागि स्टल निर्माणको मात्रै नभएर अन्य कार्यहरु पनि धमाधमले चलिरहेको छ । मध्य पश्चिममै मेलाको प्रचार, मेला स्थान भित्रका विभिन्न मनोरञ्जनात्मक सामग्रीहरुको निर्माण कार्यपनि जारी छ ।
मेलामा सुर्खेतका साथै मध्यपश्चिममा १५ वटै जिल्लाका कृषिजन्य वस्तुहरु, हस्तकलाको प्रर्दशनी, स्थानीय कलासंस्कृति झल्किने प्रस्तुति रहनेछन् ।
त्यस्तै, आयोजकले सुर्खेत उपत्यकाका साथै राराताल, दैलेख ज्वालाजस्ता सुन्दर पर्यटकीय स्थलहरुको भ्रमणका लागि हवाई प्याकेजसमेत बनाएको छ । भोलि शुक्रवार विहान ११ बजे राष्ट्रपति डा. रामवरण यादवले मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छभने विहान ८ वजे स्थानीय मंगलगढीवाट र्याली सुरु हुने जनाइएको छ । उद्घाटन सत्रमा सहभागी हुन समितिले सवैसंग आग्रह गरेको छ ।

No comments:
Post a Comment