गाडीको माइलेज बढाउने उपाय

    डिजल, पेट्रोलको भाउ बढ्दै गएको छ । इन्धनको भाउ बढेसंगै सबै चिजको भाउ पनि बढ्दै गएको छ । इन्धनको भाउ बढ्ने क्रमलाई रोक्न तपाई सक्नु हुन्न तर डिजल, पेट्रोल प्रयोग हुने तपाईंको गाडीको माइलेजलाई बढाएर केही फाइदा लिन सक्नु हुन्छ ।
कसरी बढाउने त माइलेज ?
    कार वा मोटरसाइकलको माइलेजको सीधा सम्बन्ध एयर फिल्टरसंग हुन्छ । धेरै दिनसम्म चलाउँदा एयर फिल्टर फोहोर हुन्छ अर्थात त्यसमा धुलो जम्मा हुन्छ । यसैको कारण गाडीको माइलेज कम हुन सुरु हुन्छ । फोहोर एयर फिल्टरले धेरै इन्धन सकिन्छ । इन्जनसम्म ठीक तरिकाले इन्धन प्रवाह हुन रोकिन्छ । त्यसैले समय समयमा एयर फिल्टरको सरसफाई गरिराख्नुपर्छ ।
कारलाई ट्रक जस्तो नबनाउनुस्
    कार वा मोटरसाइकलमा गह्रुंगा सामान वा क्षमताभन्दा धेरै मानिस नराख्नुस् । कारमा एक्स्ट्रा टायर र सामान्य मर्मतका सामान भन्दा धेरै चिज नराख्नुस् । अर्थात गाडीलाई भार पर्ने सामान नराख्नुस् । ५० देखि ६० किलोको सामान तपाईंको कारमा छभने त्यो अर्को एक व्यक्तिको वजन बराबर हुन्छ । यसको असर कारको माइलेजमा पर्छ ।
टायर ख्याल राख्नुस्
    लामो समयसम्म चलाउँदा टायरमा हावाको दबाव बढ्छ । जसको कारण कार वा मोटरसाइकलको पांग्रामा हावा कम हुँदै जान्छ । हावा कम भयो भने तपाईंलाई गाडी चलाउँदा धेरै एक्सलेटर चलाउनुपर्ने हुन्छ । धेरै एक्सलेटर चलाउनु भनेको धेरै इन्धन खर्च गर्नु हो । त्यसैले पांग्रामा हावाको प्रेसर बेला बेलामा जाँच गर्नुस् ।
पेट्रोल वा डिजेल भर्ने समय
    माइलेज बढाउन ख्याल गर्नुपर्ने अर्को महत्वपूर्ण कुरा हो इन्धन भर्ने समय । हामी पेट्रोल वा डिजेल सकियो भने जतिबेला मनलाग्यो त्यतिबेला पेट्रोल पम्पमा गैहाल्छौं । तर यो गलत हो । माइलेजलाई राम्रो राख्नु छभने सही समयमा मात्रै पेट्रोल वा डिजेल राख्नुपर्छ । सही समय भनेको विहान वा बेलुका हो । तेल हाल्न कि त विहानै या बेलुकामा मात्रै जाने गर्नुस् । किनकि दिउँसोमा तेलको इन्टेन्स्टिविटी बढ्छ र तेल तातिन्छ । यसो भयो भने तपाईंको इन्धन धेरै खपत हुन्छ ।
सही बाटो चिन्नुस्
    कयौं पटक सही बाटो थाहा नपाएर हामी गन्तब्यमा पुग्दा लामो बाटो प्रयोग गर्न बाध्य हुन्छौं । लामो बाटो हिंड्दा धेरै इन्धन खर्च हुनु स्वाभाविक हो । त्यसैले तपाईं जान लागेको ठाउँमा पुग्ने सबैभन्दा छोटो बाटो कुन हो भनेर जानीराख्नुस् र त्यही छोटो बाटो मात्रै प्रयोग गर्नुस् ।
 

No comments:

Post a Comment