सुर्खेतपत्र संवाददाता
कालिकोट, २६ मंसिर ।
पाँच वर्षअघि खेतीयोग्य जमीनमा बाँस लगाउँदा उल्टो काम गरेको भन्ने समुदायको अगाडि अहिले बाँसबाट राम्रो आम्दानी हुन थालेपछि छिमेकी डाहा मान्न थालेका छन् ।
घर नजिक रहेको सानो बारीमा बाँस लगाएकी फुकोट–३ की वेलसरा तिरुवाले अहिले राम्रो आम्दानी गर्न थालेकी छन् । सुरुमा छिमेकीसंग फर्सी दिएर ल्याएको बाँसको जरालाई राम्रोसंग व्यवस्था गर्दा हुर्काउन चार वर्ष लागेको र अहिले नियमित आम्दानी हुने गरेको उनले बताइन् ।
आफूलाई पैसाको समस्या परेको बेला बाँसको बिक्रीबाट हुने आम्दानीले अरूको अगाडि गएर हात थाप्नु नपरेको उनी बताउँछिन् । अहिले वार्षिक रूपमा १० देखि २० हजारभन्दा बढी आम्दानी हुने गरेको बताउँदै गाउँमा घर बताउने मान्छेले अगाडि नै रकमसमेत दिने गरेको उनको भनाइ छ ।
आम्दानीको अन्य स्रोत नभएकी वेलसराले बाँसको आम्दानीबाट आएको रकमले छोरा छोरीहरूको पढाइ खर्चका साथै घरमा आइपर्ने अन्य समस्यासमेत समाधान गर्ने गरेको बताइन् । उनका अनुसार तीन छोरा, तीन छोरी र दुई बुढाबूढीको आम्दानीको प्रमुख स्रोत नै बाासबाट आम्दानी हुने गरेको छ । आम्दानी हुन थालेपछि अन्य खेतबारीमा समेत बाँसको व्यावसायिकखेती गर्ने आँट गरेको उनका श्रीमान्ले बताएका छन् । रास्कोटका फुकोट, स्युना, सिप्खाना, नानिकोट लगायतका गाविसमा निगालोको अभाव भएका कारण बाासबाट घर छाउने, डोका नाम्लो बनाउने र शुभ तथा अशुभ काममा पनि बाँस प्रयोग हुने गरेको स्थानीयले बताएका छन् ।
समुदायले गाउँमा बाँस मात्र होइन निगालोको खेती पनि सुरु गर्न थालेका छन् । बाँसको व्यवसायबाट राम्रो आम्दानी हुने भएकाले आधुनिक व्यवसायका लागि व्यावसायिक तालिम र प्रविधिको आवश्यक सहयोग भएको खण्डमा सहज हुने उनीहरूको ठम्याइ रहेको छ । बाास लगाउँदा धेरै श्रम पनि गर्नु नपर्ने र राम्रो आम्दानीको स्रोत पनि हुने स्थानीयवासीले बताएका छन् । कालीकोटमा अहिलेसम्म रुप्सा, मेहलमुडी, मुम्रा लगायतका गाविसमा परम्परागत रूपमा निगालोबाट डोका, डाला, नाम्लो बनाउने काम भएपनि आधुनिकतातर्फ भने कसैको ध्यान जान नसकेको बताइएको छ ।

No comments:
Post a Comment