औलो नियन्त्रणका लागि एकीकृत अभियान

सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, १ माघ ।
    औलो रोगले मानिसलाई छिट्टै प्रभावित पार्ने र ज्यान पनि लिनसक्ने भएकाले यसको नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय गरी एकीकृत नियन्त्रण अभियान कार्यक्रम संचालन गर्नुपर्नेमा सरोकारवालाको जोड रहेको छ ।
    तथ्यांकअनुसार, मुलुकको ६५ जिल्ला औलो (मलेरिया) रोगको जोखिममा रहेकोमा इलाम, झापा, मोरङ, धनुषा, महोत्तरी, सिन्धुली, बाँके, बर्दिया, चितवन, सर्लाही, नवलपरासी, कैलाली र कञ्चनपुर गरी १३ जिल्ला भने उच्च जोखिममा छन् ।
    सोलुखुम्बु, भक्तपुर, ललितपुर, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, कालिकोट, मुगु र सिन्धुपाल्चोक गरी १० जिल्ला भने औलोमुक्त जिल्लामा पर्दछन् । सरकारले अन्य जिल्लामा जस्तै बाँके जिल्लामा पनि औलो रोग नियन्त्रणका लागि सबै स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकीमा औलोको जाँच र उपचार गर्ने व्यवस्था मिलाएको छ । सन् २००६ मा बाँके जिल्लाको फत्तेपुर, होलिया र गंगापुरमा महामारीको रुपमा फैलिएको औलो रोगबाट ३३ जनाको मृत्यु भएको थियो ।
 

No comments:

Post a Comment