सुर्खेतपत्र संवाददाता
सुर्खेत, ४ माघ ।
शनिवार तोकिएको जिल्ला लिग फुटवलका दुवै खेल बर्षाका कारण स्थगित भएको छ । विहान एक्कासी परेको पानीका कारण खेल मैदानमा जमेको हिलोले गर्दा खेल खेलाउने अवस्था नरहेकाले दुबै खेल स्थगित गर्नुपरेको सुर्खेत जिल्ला फुटबल संघले जनाएको छ । संघले तोकेको खेल अनुसार पहिलो खेल वीरेन्द्र युवा क्लव र न्यू जेनेरेशन तथा दोस्रो खेल नौलो एकता र भैरव युवा क्लबबीच हुने भनिएको थियो ।
स्थगित खेल आज आइतवार निर्धारित समयमा खेलाइने संघका महासचिव गणेश कार्कीले बताए । बर्षाले खेल स्थगित भएपछि टाइसिटपनि एक दिन पछाडि धकेलिन पुगेको छ । माघ ११ गते हुने भनिएको प्रतियोगिताको फाइनल खेल अब १२ गतेका लागि सारिएको संघले जनाएको छ ।

No comments:
Post a Comment