सुर्खेतपत्र संवाददाता
जाजरकोट, १ माघ ।
छोरीले कथित तल्लो जातको भनिने दलित केटासंग विहे गरेको भन्दै जाजरकोट साल्माको एक बस्नेत परिवारलाई पुरै समाजले बहिष्कार गरेका छन् । उनीहरुले अन्तरजातीय विवाह गर्ने जोडी र परिवारलाई गाउँ छाड्न दवाव दिइरहेका छन् ।
गतवर्षको फागुनमा जिल्लाको साल्मा– ५ का गणेशबहादुर नेपाली र सोही ठाउँकी निर्मला बस्नेतले अन्तरजातीय विवाह गरेका थिए । उनीहरु माइती पक्षको धम्कीका कारण गाउँमा बस्न नसकेर ८ महिना जिल्लाकै दसेराको बडावनमा र २ महिना सदरमुकाम बसेर ज्यान जोगाएका थिए । केटीका बुवा धर्मे बस्नेत र आमा नानकली बस्नेतलाई दलितले छोरी लिंदा पनि केही गर्न नसकेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेका हुन् । अन्य गैर दलितका साथै बस्नेत खलक समेत चर्को रुपमा प्रस्तुत भएपछि उनीहरु समस्यामा परेका छन् ।
छोरीले दलितसंग विवाह गरेको भन्दै अरु भाइबन्धुहरुले बस्नेत परिवार संगको हाडनाता तोड्ने, मृत्यु संस्कार, विवाह संस्कार लगायतका सामाजिक संस्कारमा एक्ल्याउने निर्णय गरेका छन् । छोरीले बस्नेत खलकको नाक काटेको भन्दै बस्नेत परिवारलाई गाउँ छाडेर जान दवाव दिइरहेको स्थानीय भागीराम जैसीले बताए । त्यस गाउँमा १५ घर बस्नेत परिवार छन् । आफ्नै भाइबन्धु र गाउँलेले बहिष्कार गरेपछि यतिवेला बस्नेत परिवार चिन्तामा परेको छ । त्यस्तै आफूहरु समाजमा निर्भयपूर्वक बस्न समस्या परेको पीडित गणेश बहादुरले बताए । जातीय विभेद गर्न नहुने कानुनी प्राबधान भएपनि आफूहरु पीडा सहेर बस्न बाध्य भएको उनले दुखेसो पोखे ।
अन्तरजातीय विवाह गर्ने जोडीले प्रोत्साहन रकम पाएनन् अन्तरजातीय विवाह गर्ने जोडीलाई सरकारले प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ दिने घोषणा गरेपनि जाजरकोट साल्मा–५ का २३ बर्षीय गणेशबहादुर नेपाली र सोही ठाउँकी निर्मला बस्नेतले अहिलेसम्म प्रोत्साहन रकम पाउन सकेका छैनन् । प्रोत्साहन रकमको लागि निवेदन दिएको ९ महिना वितिसक्दा पनि स्थानीय प्रशासनले रकम नआएको भन्दै अहिलेसम्म रकम नदिएको गणेशबहादुरले बताए ।
प्रोत्साहन रकमको लागि प्रशासनमा पटक–पटक धाउँदा पनि नपाएको उनले गुनासो गरे । उनीसहित एक दर्जन जोडीको लागि रकम माग गरिएपनि आउन नसकेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । ‘माग गरेका छांै आउने वित्तिकै दिन्छौं’ प्रजिअ पाण्डेले भने । उनले गतवर्ष कसैको पनि राहत नआएको बताए ।

No comments:
Post a Comment