सुर्खेतपत्र संवाददाता
सुर्खेत, १ माघ ।
चालु आर्थिक बर्षको ६ महिनामा सुर्खेतमा ४४ वटा सवारी दुर्घटना भएका छन् । जसमा १२ जनाको मृत्यु भएको छभने २९ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार सवैभन्दा धेरै मोटरसाइकल २४ वटा दुर्घटना भएका छन् । त्यसपछि बस ९ वटा, जीप ६ वटा र ट्ेरक्टर ५ वटा दुर्घटना भएका छन् । ट्राफिक प्रहरी इन्चार्ज प्रहरी निरीक्षक जीवन बुढाथोकीले सवारी दुर्घटनामा भदौमा ११ वटा भएको र साउन तथा असोजमा ४/४ जनाको मृत्यु भएको बताए । उनले ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ७ हजार ३८७ वटा सवारीसाधनलाई कारबाही गरिएको जानकारीपनि दिए । जसबाट कूल १३ लाख ६० हजार ९०० रुपैयाँ राजश्व संकलन भएको छ । चाडपर्वको बेलामा सवारी दुर्घटनाहरु बढी हुने गरेको पाइएको छ ।
पछिल्लो समय ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति ह्वात्तै बढेको ट्राफिक प्रहरीले जनाएको छ । इन्चार्ज बुढाथोकीले सीमित जनशक्तिले दिनप्रतिदिन बढ्दै गएको ट्राफिक नियम उल्लंघनका घटनाहरु न्यूनीकरण गर्न चुनौती थपिएको बताए ।
साथै सर्वसाधारणलाई ट्राफिक ज्ञानको वारेमा जिल्लाका विभिन्न विद्यालयहरुमा सचेतना दिने कार्यपनि ट्राफिक प्रहरीले गरेको छ । त्यस्तै सवारी दुर्घटना न्यूनीकरण गर्न विभिन्न स्थानहरुमा मोटरसाइकलका अवशेषहरु राखिएको, पर्चा पम्पलेट, भिडियो डकुमेन्ट्री प्रदर्शन, माइकिङ जस्ता कामहरु गरिएको इन्चार्ज बुढाथोकीले बताए । सीमित साधन र स्रोतका वीचपनि सवारी दुर्घटना कम गराउन र ट्राफिक ज्ञानको जनचेतना जगाउन अहोरात्र खटिएको बताउँदै उनले यस कार्यमा सहयोग गर्न सवै पक्षसंग आग्रह गरेका छन् ।

No comments:
Post a Comment