![]() |
| दिनेश गौतम |
‘आफूले तोकिदिएको ‘लक्ष्मणरेखा’ नाघेकामा प्रचण्डलाई सरकारबाट हट्न बाध्य बनाइयो, त्यतिमात्र होइन त्यसअघि जनआन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति हुन नदिन पनि भारतले भूमिका खेल्यो । झण्डै ६० वर्षको राजनैतिक इतिहास बोकेका कोइराला मुलुकको सर्वाेच्च पदमा पुगे त्यो नवगठित संस्थाको हैसियत र निर्णयाक अधिकार दह्रो हुने देखेर उनलाई रोक्ने परिवन्ध सिर्जना गरियो । भारतीय हस्तक्षेपको प्रतिवाद गर्ने गिरिजाप्रसादका उत्तराधिकारी सुशील काइरालालाई पनि २०६९ मा प्रधानमन्त्री हुनबाट रोकियो ।’ कान्तिपुर दैनिकका प्रधानसम्पादक पत्रकार सुधीर शर्माबाट लिखित पुस्तक ‘प्रयोगशाला: नेपाली संक्रमणमा दिल्ली, दरवार र माओवादी’ को पृष्ठ ३८५ बाट माथिको अनुच्छेद लिइएको हो ।
नेपालमा धेरै वर्षबाट भारतीय विस्तारवाद विरुद्धका आवाज उठाइंदै आए । कतिपय समयमा अमेरीकातर्फ पनि विरोधका स्वर सुनिए । नेपालमा छिमेकी भारतको प्रभाव तथा विश्वको सवैभन्ला शक्तिशाली मुलुक अमेरीकाको हस्तक्षेप धेरैलाई सह्य भएन । धेरै जसो नेपाली राजनैतिककर्मीले यसैलाई जनता भड्काउने बहाना बनाए, कतिले संसद घेर्ने निहुँ । उनीहरु केही समय सच्चा राष्ट्रवादी देखिए तर के साँच्चै तिनीहरु सच्चा राष्ट्रवादी थिएत ? पक्कै थिएनन् । उनीहरुले ल्याएको राष्ट्रवादी नारालाई सत्तामा पुर्याउने भर्यांग बनाइयो । उनीहरुले त त्यो नारा जनतालाई उचाल्नका लागि ल्याए तर उचालिएको जनताले कसलाई पछारिदियो त्यो इतिहासले मूल्यांकन गर्ने विषय हो । नेपालको तिनतिरबाट घेरिएको र सम्पूर्ण आर्थिक कारोवारमा निर्भर भएकोले हुनुपर्छ नेपालको धेरै विषय भारत संग अन्र्तसम्बन्धित छन् । भारत र नेपाल बीचको सम्बन्ध बाबुछोराको जस्तो त होइन जहाँ बाबुले भनेको सवै सवै कुरा छोराले मानोस् । विश्व महाशक्तिको हैसियतमा संसारका कुनैपनि मुलुकमा अमेरिकाको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्नु कुनै नौलो कुरा होइन । बैदेशिक प्रभावमाथि गरिएको राजनैतिक उथलपुथलबाटै सडकको मान्छे सदनमा पुग्यो । जव उ सदनमा पुग्यो त्यसपछि उसले आफ्नो पृष्ठभूमि विर्सियो र फेरी भारतकै ‘भजन’ गाउन लाग्यो । के साँच्चै ती नारा उठाउनेहरुले राष्ट्रियताको मुद्दा उठाउन चाहे त ? चाहे तर कुन बेला भने जव उनीहरु भारतकै कारण सरकारबाट सदनमा पुगे ।
वि.सं. २००७ सालको दिल्लीमा भएको सम्झौताबाटै औपचारिक रुपमा नेपाली राजनीतिज्ञहरुले भारतको प्रभाव स्वीकारे । बौद्धिकता हावी भएका जननायक वि.पी. कोइरालाले केही सुक्ष्म आवाज उठाउँदा उनलाई राजा महेन्द्र प्रयोग गरेर सत्ताबाट बाहिर पठाइयो र भारतमै निर्वासनमा बस्न दिइयो । त्यसपछि भारतीय पक्षले नेपाललाई आफ्नो प्रान्तिय राज्य सरह मान्न थाल्यो । तर केहि समयपछि राजा महेन्द्र खरो राष्ट्रवादी भएर उदाए जुन कुरा भारतलाई मन पर्दैनथ्यो । त्यही समयमा भारतले सिक्किम लाई आफूमा विलय गर्यो भने भुटानलाई आफ्नो संरक्षित राज्य सरह बनायो । त्यसको त्रास नेपालमा पनि पर्यो । त्यसै समयमा राजा महेन्द्रको निधन भयो । महेन्द्रको निधनबारे एउटा रहस्य जोड्दै पत्रकार कृष्ण अविरलले आफ्नो पुस्तकमा महेन्द्रको निधन नभएर महेन्द्रले आत्महत्या गरेको हुनसक्ने उल्लेख गरेका छन् । प्रमाणस्वरुप उनले लेखेका छन्, ‘भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसंगको तनावपूर्ण सम्बन्ध, आफ्नो राष्ट्रवादी छविले गर्दा आफ्नै कारणले नेपालले सिक्किम वा भुटानको स्थिति वेहोर्नु नपरोस् भनि महेन्द्रले चितवनको दियालो वंगलामा आत्महत्या गरेका हुन सक्छन् । कसरी पनि भने उनको हृदयघातको कारण मृत्यु भएको भनिएपनि उनमा हृदयघातको समस्या थिएन र त्यसवेला उनी अत्यन्त तनावपूर्ण स्थितिमा थिए ।’ भलै यो कुरा आधिकारिक रुपमा पुष्टि भइसकेको छैन । यसरी भारतीय प्रभाव नेपालमा बढ्दै जाँदा त्यसवेला भारतीय प्रभाव चरमचुलीमा पुग्यो जुन समयमा तत्कालीन नेकपा (माओवादी) ले विभिन्न माग राखी सशस्त्र संघर्ष सुरु गर्यो । तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवालाई बुझाइएको ४० बुँदे मागपत्रमै भारतीय विस्तारवादको अन्त्य हुनुपर्ने उल्लेख गरिएको थियो । तर उनीहरु १३ वर्षपछि देउवा भन्दा बढी शक्तिशाली भएर सरकारमा पुगे तर विर्सिए आफ्नो विगत, कुल्चिए जनतालाई दिएको आश्वासन । ‘प्रयोगशाला’ को आशयबाट के बुझ्न सकिन्छ भने माओवादीले १० वर्षसम्म गरेको सशस्त्र युद्ध सुरु गर्नमा पनि भारतको हात छ र अन्त्य गर्न पनि भारतको नै संलग्नता छ । नेपालको राजनीति आफ्नो इशारामा चल्ने प्रमाणित गर्नपनि भारतबाट यस्तो भएको हुन
सक्छ । नेपालको हरेक राजनीतिमा भारतको गिद्धेदृष्टि रहेको कुरा यसबाट पनि प्रष्ट हुन्छ ।
भर्खरै प्रकाशन भएको एउटा अनलाइन मिडियाको समाचारमा लेखिएको छ, ‘कमरेड मदन भण्डारीको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र सिआइएको संयुक्त अप्रेशन युनिटले गरेको कुरा अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर (आईसीआरसी) मार्फत ‘मिसन फायर’ काठमाडौं नक्साल स्थित आन्तरिक गुप्तचर एजेन्सीका मिनिष्टर स्टेशन प्रमुख समीर मुखियाले ‘मिसन फायर’ को रिपोर्टमा उल्लेख भएको हवाला दिंदै बताएका छन् । मदन भण्डारीको हत्या दक्षिण एसियामा सशक्त कम्युनिष्ट नेता मात्र नभइ चीन टुक्र्याउन खोज्ने अमेरिकी शक्तिको बाधक र राष्ट्रवादी नेता भएकाले गरिएको खुलासा भएको छ । पछिल्लो समय राष्ट्रियताका सवालमा स्व. राजा वीरेन्द्र र मदन भण्डारी एक भएकाले भारतलाई टाउको दु:खाइ बन्दै गएको थियो ।’
हाम्रो देशको एउटा राजनैतिक संस्कार पनि समग्र मुलुक निर्माणको बाधा बन्न पुग्यो । कुनैपनि नकारात्मक क्रियाकलापको दोष अरुलाई लगाउने संस्कार अन्त्य नभएसम्म आफ्नो विकासमा जटिलता कायम रहिरहन्छ । अरुलाई एउटा औंला तेस्र्याएर दोष लगाउन खोज्दा चारवटा औंला आफैतिर फर्कन्छ भन्ने कुरा बुझ्न जरुरी छ । उक्त अनलाइनको समाचारमा उल्लेख भएको कुरालाई आधार बनाउने हो भनेपनि विश्व कम्युनिष्ट राजनीतिको उदाउँदा नेता मदन भण्डारीको हत्यादेखि लिएर राजा वीरेन्द्रको वंश नाशसम्ममा नेपाल बाहिरको राजनीतिको हात छ । यसबाट के प्रमाणित हुन्छभने नेपालमा वैदेशिक हस्तक्षेप तीव्र रुपमा बढिरहेको छ । हामी कुनैपनि वैदेशिक गतिविधीको विरोधमा उभिंदा त्यसको लागि समाधानको बाटो अपनाएनौं । त्यसैलाई संसदमा हंगामा मच्चाउने एजेण्डा बनाइयो ।
त्यही निहुँमा केही व्यक्तिहरु सीमासम्म पुगेर भाषण गर्न सके । सायद उनीहरुमा त्यसवेला सस्तो लोकप्रियताको ‘भुत’ चढेको थियो । नतिजा यो पनि आयो व्यक्तिहरु सत्ताको शिखरतामा पुगे तर उनीहरुले विर्सिए सवै कुरा ।
नेपाली राजनीतिले जति मात्रामा कुटनीतिलाई मजबुत बनाउनु पथ्र्यौ तर त्यो संभव भएन । सधैं अरुलाई गाली गरिरहने तर ऐना कहिलै नहेर्ने हाम्रो देशको राजनैतिक संस्कारले गर्दा हामी संसारमा असफलताको दर्जा बोक्न बाध्य छौं । नेपालमा राष्ट्रवादको नारा उचाल्ने तर उनीहरु नै भारतको शरणमा परेर उसकै सहयोगमा यहाँ सशस्त्र युद्ध संचालन गरेको कुरा ‘प्रयोगशाला’बाट प्रष्ट हुन्छ । पूर्वराजा ज्ञानेन्द्रले भारतसंग सामञ्जस्यपूर्ण सम्बन्ध राख्न नसक्दा उनको पुर्खाले निकै मिहिनेत साथ जोगाइराखेको राजसंस्था नै अन्त्य भएर गयो । गिरिजाप्रसाद कोइराला भारतकै कारण गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति हुनबाट वञ्चित भए । झलनाथ खनाल नेतृत्वको सरकार भारतकै कारण छोटो समयमा नै वर्हिगमन भयो ।
भारतकै कारण गैरराजनैतिक पृष्ठभूमिका खिलराज रेग्मी मन्त्रिपरिषदका अध्यक्ष भए । लोकमानसिंह कार्कीजस्तो विवादित व्यक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बने । सधैं बाहिर शत्रुको व्यवहार गर्ने तर भित्र मावली नाता गर्न खोज्ने माओवादी र यसका अध्यक्ष प्रचण्ड पनि केयौं पटक भारतकै कारण शक्तिमा पुगे त केयौं पटक सत्ताबाट गिरे । आखिर सवै देखिएका कुरा त हुन । ‘प्रयोगशाला’ ले यही निष्कर्ष निकाल्छ । ‘प्रयोगशाला’ ले देखाएका सत्यहरु बाहिरबाट हेर्दा भ्रमले भरिएका छन् तर त्यसलाई सुक्ष्म अध्यन गरेको खण्डमा ती सत्य हुन जुन हामीले व्यवहारिकतामा देखेको छौं, भोगेका छौं । अन्तिममा, ‘प्रयोगशाला’भ्रम भित्रको सत्य हो ।

No comments:
Post a Comment