समाचार एजेन्सी
काठमाडौं, ७ फागुन ।
कुनै समय नेपाली आकाशमा १० वटा ट्वीनअटर जहाज डाउने नेपाल वायुसेवा निगम अहिले जहाजविहीन जस्तै भएको छ । संचालनमा रहेका जहाजहरु विभिन्न समयमा दुर्घटनामा परेपछि निगम जहाजविहीन बन्न लागेको हो । पछिल्लो समय निगमले दुईवटा ट्वीनअटर जहाजबाट आन्तरिक उडान भर्दै आएको थियो । आइतबार पुन: जहाज दुर्घटनामा परेपछि निगम एउटा जहाजमा खुम्चिन पुगेको छ । पोखराबाट जुम्लातर्फ उडेको ९ एन–एवीवी ट्वीनअटर आइतबार अर्घाखाँचीको मसिने लेकमा दुर्घटनाग्रस्त भएको थियो । सबैभन्दा बढी ट्वीनअटर जहाज उडाउँदै आएको निगमबाट अब ट्वीनअटर जहाजको इतिहास समाप्त समेत हुन लागेको छ ।
निगमसंग भएका १० वटा ट्वीनअटर जहाजमध्ये ६ वटा जहाज दुर्घटनामा परेर नष्ट भइसकेका छन्भने दुईवटा ग्राउन्डेड अवस्थामा रहेका छन् । ग्राउन्डेड अवस्थामा रहेका जहाजको इन्जिन साट्नुपर्ने भएकाले तत्काल संचालनमा ल्याउन सक्ने सम्भावना छैन् । इन्जिन फेर्नका लागि टेन्डर आव्हान गरेको निगमका प्रवक्ता एवं कर्पोरेट विभागका निर्देशक रामहरि शर्माले बताए । उनका अनुसार एउटा जहाज निगमले तारा एयरलाई १० वर्षका लागि भाडामा दिएको छ । अहिले निगमसंग भएको एउटा ट्वीनअटर जहाजपनि समय–समयमा बिग्रिएर ग्राउन्डेड हुने गरेको छ । ट्वीनअटर महँगो जहाज ट्वीनअटर साना जहाजमध्ये महंगो जहाजमा पर्छ । निगमले पछिल्लो समय चाइनाबाट ल्याउन लागेका जहाजभन्दा ट्वीनअटर दोब्बर महंगो पर्ने बताइएको छ । यदि चाइनिज जहाजले राम्रो प्रफोमेन्स देखाएमा निगमले आगामी वर्षहरुमा यिनै जहाजहरु खरिद गर्ने बताएको छ । यही कारण पनि निगमले आगामी वर्षमा ट्वीनअटर जहाज खरिद गर्न सर्भावना टर्दै गएको हो । त्यसो त अहिले ट्वीनअटर जहाज नयाँ ब्रान्डमा उत्पादन हुन थालिसकेको निगमले बताएको छ ।
नेपालमा निगम र यति एयरलाइन्स ले मात्र ट्वीनअटर जहाज उडाउँदै आएको छ । यति एयरलाइन्ससंग अहिले ५ वटा ट्वीनअटर जहाज रहेको कम्पनीले जनाएको छ । अन्य कम्पनीहरुले डोर्नियर जहाजबाट उडान भर्दै आएका छन् । सुरक्षित जहाजको पहिचान क्यानडामा निर्मित ट्वीनेटर जहाज उच्च पहाडी तथा हिमाली भेगमा उडाउन सुरक्षित भरपर्दो मानिंदै आएको निगमका प्रवक्ता रामहरि शर्माले बताए । उनका अनुसार विश्वभर ट्वीनअटर साना जहाजहरुमा सुरक्षित र भरपर्दो जहाजको रुपमा परिचित छ । नेपाल जस्तो भौगोलिक बनावट भएका मुलुकहरुमा ट्वीनअटर जहाजले उडान भरिरहेका छन् । तर, नेपालमा भने ट्वीनअटर जहाज दुर्घटनामा परेर सकिन थालेका छन् । खासगरी नेपालमा मौसमले धोका दिंदा जहाजहरु दुर्घटनामा परिरहेको प्रवक्ता शर्माको दावी छ । ट्वीनअटर दुर्घटनास्थलहरु प्रवक्ता शर्माका अनुसार सन् १९७३ सालमा लुक्लामा पहिलोपटक ट्वीनअटर जहाज दुर्घटनामा परेको थियो । त्यसपछि सन् १९८४ मा तुम्लिङटार विमानस्थलबाट उडेको जहाज चकलेटी डाँडामा दुर्घटनाग्रस्त भयो ।
सन् १९९५ मा राजधानीकै गुहेश्वरी मन्दिर परिसरमा दुर्घटना भयो भने सन् २००० मा बझाङमा, सन् २०१२ मा डोल्पामा, सन् २०१३ मा जोमसोम र २०१४ फेबुअरी १६ मा अर्घाखाँचीमा ट्वीनअटर जहाज दुर्घटनामा परे । २०१२ मा सीता एयरले उडाएको ट्वीनअटर दुर्घटनाग्रस्त भएको थियो ।
दैनिक साढे ३ लाख घाटा
आइतबार भएको जहाज दुर्घटनाले निगमको दैनिक करिव साढे तीन लाख रुपैयाँ आम्दानी गुमेको प्रवक्ता शर्माले बताए । १९ सीट क्षमताको एउटा ट्वीनअटरले ३ देखि ४ वटासम्म उडान भर्दै आएको थियो । जाँदा आउँदा कम्तिमा ३० जना यात्रु बोके पनि निगमलाई एउटा उडानमै १ लाख २० हजार रुपैयाँ आम्दानी हुन्थ्यो । निगमले दुईवटा जहाजमार्फत नेपालका २२ स्थानमा उडान भर्दै आएकोमा अब गन्तव्यहरु घट्ने भएका छन् । एउटा जहाजमा सीमित भएपछि उडान गन्तव्यहरु घट्नु स्वभाविक भएको प्रवक्ता शर्माको भनाइ छ । नयाँ जहाजहरु आएपछि मात्र सबै गन्तव्यहरुमा नियमित उडान भर्ने उनले बताए ।
कालोसूचीलाई बल पुग्यो
हवाइ सुरक्षाको विषयलाई लिएर युरोपियन युनियनले पेलिरहेका बेला भएको जहाज दुर्घटनाले नेपाललाई थप धक्का लागेको छ । हवाई सुरक्षामा उल्लेख्य सुधार भइरहेको र पछिल्लो समय हवाइ दुर्घटना समेत कम भएको दाबी गरेको हप्ता दिन बित्न नपाउँदै दुर्घटना भएको हो । फेबुअरी ३ तारिखदेखि एक साता नेपालको हवाइ सुरक्षा अडिट गरेर गएको ईयूले आगामी मार्चमा कालोसुचीबाट हटाउने वा यथावत राख्ने भनेर निर्णय गर्नेछ । रिजल्टको पर्खाइमा रहेका बेला भएको दुर्घटनाले कालोसुचीबाट हट्ने सम्भावनालाई पर पुर्याइदिएको छ ।

No comments:
Post a Comment