छोराको लागि सहयोगको याचना

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३ फागुन । 
    मैनतडा–९ का रामबहादुर विष्टले आफ्ना १३ वर्षीय छोरा घनश्याम विष्टको उपचारका लागि सहयोगको याचना गरेका छन् । २०६९ साल चैत महिनादेखि आफ्नो छोरालाई हड्डी भित्रको मासीवाट रगत उत्पादन नहुने रोगको कारण बारम्बार रगत चढाउनपर्ने भएकाले सहयोगका लागि याचना गरेका हुन् ।
    बाबु रामबाहदुरले छोरालाई रातो र सेतो रगत चढाउँदा अहिलेसम्म ८–१० लाख रकम खर्च भइसकेको र अझै उपचारका लागि १५ लाख रकम आवश्यक पर्ने भएकाले सबैसंग सहयोगका लागि आग्रह गरेका छन् । छोरालाई अहिलेसम्म १२८ पौण्ड रातो र सेतो
रगत चढाइसकिएको बाबु रामबहादुरले जानकारी दिए ।
    विष्टलाई मैनतडा गाविस र जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत उपचारका लागि आवश्यक सहयोग गरिदिन सिफारिस गरेका छन् । उनले सहयोग रकम ग्लोवल आइएमइ बैंक बनस्थलि काठमाडौको खाता नं. १००७०१०००२६०८ मा पठाइ सहयोग गरिदिन पनि उनले आग्रह गरेका छन् । विष्ट सूर्यज्योति उच्च मावि मेहेलकुनामा कक्षा ७ मा अध्ययनरत छन् । 
 

No comments:

Post a Comment