सुर्खेतमा पहिलो पटक क्यान्सर परीक्षण शिविरको तयारी

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३ फागुन ।
    सुर्खेतमा पहिलो पटक क्यान्सर रोग परीक्षणको शिविर संचालन हुने भएको छ । नेपाल अर्वुद्ध रोग निवारण संस्था सुर्खेतले यही फागुनको ६ र ७ गते पुरानो अस्पताल रहेको स्थानमा दुई दिने शिविर संचालन गर्न लागेको हो । संस्थाले शनिवार पत्रकार सम्मेलन गरेर शिविरमा सामान्य क्यान्सर परीक्षणका लागि नि:शुल्क र महिलाको पाठेघर सम्बन्धी क्यान्सरको जाँच गराउँदा ल्याब खर्च २ सय ५० मात्र शुल्क लिने जानकारी दिएको छ ।
    अर्वुद्ध रोग निवारण संस्था सुर्खेतका अध्यक्ष कर्णवहादुर थापाले भक्तपुर क्यान्सर अस्पतालका ३ जना डाक्टरको टोलीसहित १७ जना शिविरका लागि सुर्खेत आउने जानकारी दिएका छन् । उनले समयमै क्यान्सरको उपचार गरे निको हुने भएकाले सबैलाई शिविरको सेवा लिन अनुरोध गरेका छन् ।
    संस्था सुर्खेतका सल्लाहकार नारायण कोइरालाले विवाह भइसकेका सम्पूर्ण महिलाहरुले पाठेघर सम्बन्धी क्यान्सरको जाँच गराउन अनिवार्य भएकाले शिविरमा सस्तो र सुलभ भएकाले सेवा लिन आग्रह गरेका छन् । उनले सुर्खेतमा क्यान्सर रोगी कति छन् भनेर तथ्यांक लिन नसकिएको जनाए । सामान्य क्यान्सर भए उपचार गरी निको गराउने उद्देश्यले शिविर संचालन गर्न लागिएको जनाएका छन् । 
 

No comments:

Post a Comment