कलाकारद्वारा वृद्धाश्रमका वृद्धवृद्धालाई भोजन

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३ फागुन ।
    सुर्खेतका एक व्यापारीले शनिवार प्रशान्ति बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई भोजन गराएका छन् । पहिलो शनिवारको अवसर पारेर व्यापारी तथा कलाकार चेतन पुरीले आश्रमका बृद्धबद्धाहरुलाई भोजन तथा भजन गराएका हुन् ।
    उनले समाज सेवा गर्ने भए उपायहरु धेरै देखापर्ने पनि जनाएका छन् । बृद्धबृद्धाको सेवामा नै आनन्द मिल्ने पनि उनको भनाइ छ । श्रीमती, छोरी र साथीलगायत आफन्तलाई लिएर आश्रममा पुगेका उनले धेरैलाई समाजसेवा गर्न प्रेरित गरेका थिए । आश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले आश्रमलाई सहयोग र सल्लाह प्रदान गर्ने सबैप्रति आफूहरु आभारी रहेको बताए । प्रत्येक शनिवार भजन र भोजन हुने आश्रममा सहयोगी दाताहरु जुटिरहेको उनले जनाएका
छन् । आश्रममा कोषाध्यक्ष युवा तथा व्यापारीहरु पछिल्लो समय समाज सेवामा लाग्नु राम्रो पक्ष भएको बताए ।
    यसैगरी सेन्टमेरिज स्कुलका विद्यार्थीहरुले आश्रमलाई मुठीदानबाट संकलन गरेको २५ किलो चामल पनि सहयोग गरेको छ । विद्यालयका क्याप्टेन तुलसी आर्चायले समाज सेवामा सबै विद्यार्थीलाई प्रेरित गर्नका लागि मुठीदान गरेको
जनाइन् ।
 
 

No comments:

Post a Comment