सुर्खेतपत्र संवाददाता
सुर्खेत, ८ फागुन ।
प्राविधिक शिक्षामा पहुँच पुर्याउन र विकट जिल्लाहरुमा शिक्षालाई प्रभावकारी वनाउन अव मावि तहदेखि नै प्राविधिक शिक्षा दिइने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले अव मावि तहको कक्षा ९ र १० वाटै प्राविधिक शिक्षा सुरु गर्न लागेको हो ।
परिषद्ले विहीवार वीरेन्द्रनगरमा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम पश्चिम क्षेत्रस्तरीय समीक्षा गोष्ठी गरी नेपालभरका विभिन्न जिल्लाहरुमा सिटिइभीटीवाट सम्बन्धन दिएर सानो स्तरदेखि प्रविधिक शिक्षा विस्तार गर्न लागेको जानकारी दिएको छ । २०६७ सालमा नेपालभरका १० वटा विद्यालयहरुमा माविलाई प्राविधिक शिक्षाको सम्बन्धन दिएर परीक्षण गरेको र उक्त परीक्षण सफल भएपछि सम्बन्धन लिन चाहने सामुदायिक विद्यालयहरु लाई सम्बन्धन दिएर प्राविधिक शिक्षा लागू गरिने परिषद्का निर्देशक दोबरलाल सिलाकारले बताए ।
उनले नेपाल जस्तो गरीब देशमा प्राविधिक शिक्षा आवश्यक भएकाले सानो लेभलबाट स्तर बढाउँदै लैजान सामुदायिक विद्यालय स्तरीय कार्यक्रम ल्याइएको जानकारी दिए । उनले सिटिइभीटीको सम्बन्धन दिने निर्देशिका केही झन्झटिलो र जटिल भएपनि अव त्यसलाई परिमार्जन गरी सहज वनाएर लैजाने उल्लेख गरे ।
प्राविधिक शिक्षा तथा व्यवसायियक तालिम परिषदका उपाध्यक्ष डा. गोपाल खनालले सामुदायिक विद्यालय मा मावि तहमा प्राविधिक शिक्षा भर्खरै सुरु गरेको जनाए । उनले मावि तहमा प्राविधिक शिक्षालाई प्रचार विस्तार गर्न क्षेत्रीय गोष्ठी गरेको जनाउँदै उनले आफूहरुको परीक्षण सफल भएकाले अव धेरैजसो सामुदायिक विद्यालयलाई सम्बन्धन दिएर प्राविधिक जनशक्ति बढाउन लाग्ने बताए । पछिल्लो समय प्लस टु लेभलको प्राविधिक शिक्षा अध्यापन गराएका विद्यालयहरुको अनुगमन गरी आवश्यक परे स्नातक तहको शिक्षाका लागि सम्बन्धन दिइने उनको भनाइ छ । सुर्खेतको कुनाथरी गाविसमा रहेको जनज्योति उच्च माविलाई स्नातक तहको सम्बन्धन दिने तयारी भएको पनि डा. खनालले जनाएका छन् ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुवँरले शिक्षामा पहुँच नभएका र विकट स्थानहरुमा प्राविधिक शिक्षा पुर्याउन सके केही योगदान हुने बताए । उनले हरेक कुराहरुको सानै लेभलवाट स्तर वढाउदै जानुपर्ने भएकाले प्राविधिक शिक्षापनि सानै वालवालिकावाट सुरु गरे पछि प्रभावकारी देखिने जनाए ।
मध्यपश्चिम र सुदूरपश्चिमका २४ वटा विद्यालयका प्राचार्य र संयोजकहरुको सहभागिता रहेको गोष्ठीको उद्घाटन सत्रमा स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्री, निमित्त जिल्ला शिक्षा अधिकारी दिपा हमाल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, शिव उच्च मावि लाटिकोइलीका प्राचार्य लिलाराम सुवेदी, जनज्योति उच्च मावि कुनाथरीका प्राचार्य नारायण सिग्देललगायतको उपस्थिति रहेको
थियो । गोष्ठी आज (शुक्रवार) सकिने छ ।

No comments:
Post a Comment