सुर्खेतपत्र संवाददाता
सुर्खेत, ८ फागुन ।
विहीवार विहान २ लाख ९० हजार रुपैयाा भएको झोला चोरेर भाग्दै गरेका एक युवक पक्राउ परेका छन् । वीरेन्द्रनगर–६ वुद्धपथस्थित भवानी छापाखानाबाट झोला लिएर भागेका भारतको गोरखपुर घर बताउने सोनु सिंह चोरी भएको करिब आधा घण्टापछि वीरेन्द्रनगरको गोदामलाइन बाट पक्राउ परेका हुन् ।
दैलेखको अवलपराजुल–१ कल्से ढुंगाको जनक निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त चौधरीको २ लाख ९० हजार रुपैयाँ नगद र विद्यालयको चेकबुक रहेको झोला चोरेर उनी भागेका थिए । उनलाई प्रधानाध्यापक चौधरी र भवानी छापाखानाका सञ्चालक एवं पत्रकार दिपक बुढाले पक्राउ गरी नगर प्रहरी कार्यालय वीरेन्द्रनगरमा बुझाएका हुन् ।

No comments:
Post a Comment